माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५औं अधिवेशन सम्पन्न
जय आलेको नेत्रित्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन
ईन्द्र भुसाल / एचकेनेपाल डट कम-
कुवेतको नेपाली समाजमा १४ बर्षदेखि अनबरत रुपमा कृयाशिल हुँदै आएको पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५औं ऐतिहासिक अधिवेशन निवर्तमान उपाध्यक्ष जय आलेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यकारिणी समिति कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई इण्डियन रेष्टुरेण्टमा निर्बिरोध रुपमा चयन गर्दै सम्पन्न भएको छ।
कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलले दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको कार्यक्रमलाई क्लबका अध्यक्ष एवं अधिवेशन संयोजक धर्मराज गिरीले सभापतित्व गर्नु भएको थियो भने सचिब ईन्द्र भुसालले सञ्चालन गर्नु भएको थियो।
वर्तमान कार्यसमितिमा आपसी सहमति र क्लबमा गरिएको योगदानको आधारमा सम्पूर्ण कार्यसमितिका सदस्यहरुले आफ्नो ईच्छा अनुसार जिम्मेबारी लिनु भएको छ। औपचारिक कार्यक्रम भन्दा पहिला नै बसेको क्लब कार्यसमितिको १५८ औं पूर्ण बैठकले सचिब ईन्द्र भुसालबाट प्रस्तुत गरिएको कार्यनीति र कोषाध्यक्ष शिबराम पौडेलबाट प्रस्तुत आर्थिक प्रतिबेदनलाई सर्व सम्मतिमा पारित गर्दै बन्द सत्रका सम्पूर्ण कार्य पुरा गरेको थियो।
महामहिम राजदूत, क्लबका संस्थापक तथा बरिष्ठ सल्लाहकार मित्र सिंज्याली मगर, सल्लाहाकर राजन कुँवर, खोप गुरुङ, दूताबासका द्वितीय सचिब अम्बिका जोशी, श्रम(सहचारी श्रीजना तिवारी, सहचारी राम बिनय राय, पत्रकार महासँघ बैदेशिक शाखा कुवेतका अध्यक्ष सुजन केसी लगायत कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ(संस्थाका अध्यक्ष देखी प्रतिनिधि, पत्रकारहरु, समाजसेवी तथा बौद्दिक व्यक्तित्वहरुको आतिथ्यता रहेको अधिवेशन समारोहमा उपस्थित सम्पूर्णले शुभकामना मन्तब्य दिनु भएको थियो।
शुभकामना र बधाई ज्ञापन गर्दै राजदूत पौडेलले नयाँ नेतृत्वले अझै गहन भएर काम गर्नेमा विश्वाश ब्यक्त गर्दै बर्तमान कुवेतको अवस्थामा सम्पूर्ण नेपालीहरुलाई सजक भएर काम गर्न र आफ्नो आबश्यक कागज पत्र साथमा लिएर बाहिर निस्कन सचेत गराउँदै आगामी दिनमा क्लबको प्रगती होस् भन्ने कामना ब्यक्त गर्नु भयो। शुभकामना कै क्रममा दूताबासबाट आउनु भएका सम्पूर्ण अतिथिहरुले नयाँ कार्यसमितिलाई बधाई दिदै क्लबको ईतिहास र क्लबले गर्दै आएको कामको प्रशंसा गर्नु भएको थियो।
क्लवका संस्थापक एबम बरिष्ठ सल्लाहकार मित्र सिंज्याली मगरले आफूहरुले रोपेको बिरुवाको जगेर्ना गर्दै हुर्काउनु भएकोमा क्लब कार्यसमितिलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भयो। सल्लाहकर राजन कुँवर र सामाजिक तथा बौद्दिक ब्यक्तित्व एस.पी. प्रधानले क्लबले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा अझै राम्रो काम हुने र आफूहरुले सकेको ठाउँमा सहयोग गर्ने बचनवद्दता ब्यक्त गर्नु भएको थियो।
नेपाल पत्रकार महासँग कुवेत शाखाका अध्यक्ष सुजन केसीले नवनियुक्त कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै आफूलाई नेपाली समाजमा सुजन केसी भनेर चिनाउने पहिलो खुड्किलो क्लव नै भएको भावनात्मक मन्तव्य व्यक्त गर्नु भयो। भुजेल समाजका अध्यक्ष देव घर्तीदेखि तमु समाज कुवेतका उपाध्यक्ष नबिन गुरुङ, साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, मेचिकाली बचत समुहका अध्यक्ष बसन्त थापा, ठकुरी समाजका सम्योजक डम्बर मल्ल, नयाँ नेपाल क्लबका प्रतिनिधि नवराज पराजुली, मातृभूमि युवा क्लवका अध्यक्ष ऋषि थापा, जनप्रगतिशिल मञ्चका उपाध्यक्ष दावा थोकर, नेवा गुठीका अध्यक्ष नवराज श्रेष्ठ, युएई एक्सचेन्जका मार्केटिङ अफिसर राम बस्नेत, अलअमाना सेक्युरिटी ग्रुपका अपरेशन म्यानेजर होमनाथ गिरी र पत्रकारहरु छत्र कार्की र आनन्द आचार्यले समेत शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो भने खाडी न्युज डट कमका पत्रकार लामा भाई, चालक भलाई कोषका अध्यक्ष, नवप्रतिभा युवा क्लव, जनसम्पर्क समिति, जनजागृति युवा समाज, तनहुँ संपर्क समाज लगायत बिभिन्न सँघसंस्था र अन्य कुवेतवासी नेपालीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो।
क्लबको ईतिहास र आफूले लिएको जिम्मेबारीको बारेमा बोल्दै नवनिर्वाचित अध्यक्ष जय आलेले आजको यो ऐतिहासिक दिनलाई सुनौलो अबसर र चुनौती दुबै भएको आफूलाई लागेको बताउँदै “कुनै पनि काम म गर्न सक्छु त्यो मेरो विश्वाश हो र कुनै पनि काम केबल मैले मात्र गर्न सक्छु भन्ने मेरो घमण्ड हो” घमण्डले कुनै पनि कार्य या संस्था सफल हुन नसक्ने हुनाले हमेशा सामुहिक नेतृत्वको अबधारणा र सम्पूर्ण सहयात्री तथा आवश्यकता अनुसार नेपाली सँघसंस्थाहरुको सल्लाह सुझाव लिएर क्लव नेपाली समाजको बिचमा जाने धारणा राख्दै आफूलाई अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित गरेकोमा सम्पूर्ण कार्यसमितिका सहयात्रीहरुलाई बिशेष धन्यवाद ज्ञापन गर्दै पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो।
यसैगरी काय्रक्रमका सभापति तथा निवर्तमान अध्यक्ष धर्मराज गिरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै र उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्नो कार्यकालमा क्लव कार्यसमितिका सम्पूर्ण सहयात्रीहरुबाट आफूले पाएको सहयोग र योगदानको जति नै व्याख्या गरेपनि कमी हुने र नवनियुक्त अध्यक्षलाई पनि यसरी नै सम्पूर्ण कार्यसमितिको साथ रहने कुरामा आफू विश्वस्त रहेको धारणा राख्दै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो।
क्लबका निर्वाचित सचिब जितेन थिङले स्वागत गरेको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजाएर मातृभूमिप्रति सम्मान ब्यक्त गरिएको थियो भने साथमा निवर्तमान अध्यक्ष धर्मराज गिरीका सुपुत्र युवा र्याप गायक सञ्जय गिरी र बरिष्ट ब्यक्तित्व एसपी प्रधानकी सुपुत्रीले कर्णप्रिय गीत गाएर कार्यक्रममा थप रौनक भर्नु भएको थियो।
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाडौ (कुवेतको आजको अधिबेशनले सन् २०१३ जुन १४ देखि ३० जुन २०१५ सम्मको लागि निम्न पदाधिकारीहरु चयन गरेको छ।
सल्लाहाकर समितिस्
१) वरिष्ठ सल्लाहकार – श्री राजेन्द्र तामाङ – काठमाण्डौ
२) वरिष्ठ सल्लाहकार – श्री मित्र सिंज्याली – काठमाण्डौ
३) संरक्षक – श्री बाल कुमार गुरुङ – धरान
४) संरक्षक – श्री धर्मराज गिरी – झापा
५) सल्लाहकर – श्रीमती गीता तामाङ – काठमाण्डौ
५) सल्लाहकर – श्री खोप गुरुङ – बुटवल
६) सल्लाहकर – श्री राजन कुँवर – काठमाण्डौ
कार्यकारिणी समितिः
१) अध्यक्ष – जय आले – पर्वत (पोखरा)
२) उपाध्यक्ष – ईन्द्र भुषाल – पर्वत (पोखरा)
३) सचिव – जितेन थिङ – पोखरा
४) सह-सचिव – सविन राउत – उदयपुर
५) कोषाध्यक्ष – शिवराम पौडेल – तनहुँ (पोखरा)
६) सह-कोषाध्यक्ष – चन्द्र तामाङ – खोटाङ (पोखरा)
७) बिकास अनुसन्धान बिभाग प्रमुख – अमर गुरुङ – पोखरा
८) खेलकुद बिभाग प्रमुख – नवराज श्रेष्ठ – पोखरा
९) सुरक्षा बिभाग प्रमुख – आनन्द श्रेष्ठ – काठमाण्डौ
१०) बरिष्ट सदस्य – किरण पौड्याल – काठमाण्डौ
११) बरिष्ट सदस्य – ईन्द्र पोखरेल – चितवन
१२) बरिष्ट सदस्य – जगत मगर – धनकुटा (धरान)
१३) बरिष्ट सदस्य – राम बस्नेत – मोरङ
१४) बरिष्ट सदस्य – किशोर शर्मा – स्याङ्जा
१५) सदस्य – सुरेश गुरुङ – संखुवासभा
१६) सदस्य – शिव श्रेष्ठ – धादिङ
१७) सदस्य – जित खड्का – खोटाङ
१८) सदस्य – डम्बर रिमाल – बारा
१९) महिला सदस्य – शिला गिरी – झापा
२०) महिला सदस्य – सरिता पौड्याल – काठमाण्डौ
२१) महिला सदस्य – डोल्मा आले शेर्पा – पोखरा
२२) महिला सदस्य – यशोदा घिमिरे – मोरङ
२३) महिला सदस्य – उषा पोखरेल – चितवन, रहनु भएको छ भने अन्य सदस्यहरु नियुक्ती र अन्य निर्णयहरु क्लवको निकट भविष्यमा बस्ने प्रथम औपचारिक बैठकले निर्णय गर्ने क्लवले बताएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस