एचकेनेपाल डट कम संवाददाता-
आशिर्वाद कलेजमा वि.वि.एस. तेश्रो बर्षमा अध्ययनरत करिब २० जना विद्यार्थीहरु पर्यटकीय स्थल शिवपुरि राष्ट्रिय निकुञ्जको शिवपुरी भिलेज रिसोर्टमा पिकनिक, टिम बिल्डीङ्ग कार्यक्रम तथा युवा परिचालन तथा उद्यमशीलता सम्बन्धी अभिमूखिकरण तालिममा सहभागी भए।
करिब ४० प्रतिशत हिस्सा ओगटेको युवा जमातमा नैरास्यता, चिन्ता बढ्दै गहिरहेको विषम परिस्थितिमा सहभगीहरुलाई राष्ट्रिय युवा परिषदका अध्यक्ष सरोज बानियाँले प्रशिक्षण दिएका थिए।
तालिममा विषेश गरि युवा अवस्थामा सकारात्मक सोचको विकास कसरी गर्ने र आफ्ना दैनिक जीवनमा आएका अप्ठ्यारा परिथितिलाई कसरी सामना गर्ने र भावी दिनमा कसरी बच्न सकिन्छ जस्ता विषयमा तालिम दिएका थिए। कार्यक्रमा युवा उद्यमशीलतालाई देशमा कसरी ब्यापकता ल्याउन सकिन्छ र यसको सम्भावनाको बारेमा सहभागीहलाई जानकारी गराइएको थियो।
दैनिक २ हजार नेपालीहरु बिदेशी भूमिमा बैदेशिक रोजगारको लागि गइरहेको अबस्थामा सानै लगानीबाट पनि यो देशमा आफै उद्यमी बन्न सकिने बानियाँले बताए। त्यसको लागि आफूमा इच्छा शक्तिको जरुरत पर्ने उनले बताए। पढाईको जति महत्व छ त्यसको अलवा जीवनमा केही गर्नु पर्छ भन्ने कुरा पनि ज्यादै महत्वपूर्ण रहेको परिषदका अध्यक्ष बानियाले बताए।
सहभागीहरुको एउटै प्रश्न थियो कसरी अगाडी बढ्यो भने जीवनमा सफलता प्राप्त गर्न सकिन्छ। राष्ट्रिय यूवा परिषदमा कसरी आवद्घ हुन सकिन्छ? परिषदका अध्यक्ष सरोज बानियाले सवै कुराको मुख्य जड भनेको आफूभित्रको ईच्छा शक्तिमा नै निर्भर हुने बताए। कुरा वा काम गर्दा जहिले पनि सकारात्मक भएर सुरु गर्ने हो भने सफलता प्राप्त हुने उनले बताए।
करीव २ घण्टाको छोटो कार्यक्रममा परिषदका अध्यक्ष सरोज बानियाले जीवन चलाउन गाह्रो छ तर यसलाई उचित योजनासहित लाने हो भने जीवनको दुःख नआउने बताए। कार्यक्रमको संयोजन राष्ट्रिय यूवा परिषदको केन्द्रिय सदस्य प्रेम बहादुर लामाले गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस