एचकेनेपाल डट कम संवाददाता-
जनकपुर, २ असार। अज्ञात समूहले मनराको महादेव चोकमा आइतवार बिहान अन्धाधुन्ध गोली प्रहार गर्दा नेपाली सेनाका दुई जवान गम्भीर घाइते भएका छन्।

गोली लागेर गम्भीर घाइते हुनेहरुमा नेपाली सेनाका २३ वर्षीय विकास सिंह र २८ वर्षीय शैलेन्द्र मण्डल रहेका छन्। सशस्त्र प्रहरी महोत्तरीका प्रमुख एसपी कुमार न्यौपानेका अनुसार दुबै जनाको अवस्था अत्यन्त गम्भीर रहेको छ। सिंहको तिघ्रामा र मण्डलको पेटमा गोली लागेको छ। घाइते दुबैको जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार भइरहेको न्यौपानेले बताए।

नेपाली सेनामा भर्ती भएका उनीहरु तालिम सकेर विदामा घर आएका थिए। भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिले सञ्चारकर्मीहरुलाई फोन गरेर घटनाको जिम्मेवारी लिएका छन्। उनले प्रहरी तथा प्रशासनलाई मधेशबाट हटाउन चेतावनी स्वरुप गोली प्रहार गरेका जनाएका छन्।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस