बोस्टनमा प्रेरणासंग एक साँझ
टिकेटमा कवि गोष्ठी गरिने

एचकेनेपाल डट कम संवाददाता-
बोस्टन अमेरिका, १५ जुन। अमेरिकाको बोस्टनमा सक्रिय साहित्यिक समूह “सिर्जना उत्सव” ले शुक्रबार साहित्यकार गोविन्द गिरी प्रेरणाको कविता वाचन कार्यक्रम आयोजना गरेको छ।


“सर्जकसंग एक साँझ” नामक कार्यक्रममा साहित्यकार प्रेरणालाई प्रस्तुत गरेको हो। साहित्य, कला र संगीतसंग सम्बन्धित व्यक्तित्वको सम्मानमा आयोजना गरिने रात्रिभोज र सिर्जना प्रस्तुतिको पहिलो शृंखलामा अमेरिकाको डिसीमा बसोबास गर्दै आएका प्रेरणालाई प्रस्तुत गरिएको हो।

कार्यक्रममा प्रेरणाले आफ्नो लेखन यात्राका बारेमा जानकारी गराउदै आठवटा लामा छोटा कविता प्रस्तुत गरे। मौलिक, सम्पादित र अनुदित गरि तीन दर्जन भन्दा बढी कृतिका सर्जक प्रेरणाले बोस्टनका प्रतिनिधि सहित्यिकार माझ आफ्नो सिर्जना प्रस्तुत गर्न पाएकोमा हर्षित भएको बताए।

कार्यक्रममा ग्रेटर बोस्टन नेपलिज सोसाइटीजका अध्यक्ष मिलन गुरुङले आफ्नो कविता बाचन गर्दै आयोजक सस्थाको प्रसंसा गरे भने पशुपतिनाथ बुद्ध फाउण्डडेसनका अध्यक्ष बिष्णुमणि आचार्यले आफूले कविता न लेखेको भए पनि अरुको कविता राम्ररी वाचन गर्ने कला आफूमा रहेको बताए।

कार्यक्रममा साहित्यकार शिव गौतम, दिनेश राजभण्डारी, भारती गौतम, महेश्वर पन्त, गोवर्धन पूजा सुरेश वाग्ले, दीपा राई पुन, ममता कर्माचार्य, अनु शाह, लक्ष्मण कट्टेल, बिष्णुमाया परियार, मधुकर अधिकारी, भुवन गुरुङ, आँशुलक्ष्मी राजभण्डारी, ज्ञानप्रसाद शर्मा, अजय आचार्यलगायतले सिर्जना वाचन एवं मन्तव्य व्यक्त गरे।

कार्यक्रमको समापनमा कार्यक्रमका सभापति एवं सिर्जना उत्सवका संयोजक साहित्यकार गोवर्धन पूजाले आगामी कार्यक्रम बोस्टनको क्याम्ब्रिजमा हुने जानकारी दिए। उनले निकट भविष्यमा बोस्टनमा नेपाली सामुदायिक भवन निर्माण अभियानमा लागेको पशुपतिनाथ बुद्ध फाउण्डडेसनको रकम संकलनका लागि टिकेटमा कवि गोष्ठी गरिने पनि बताए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस