एचकेनेपाल डट कम संवाददाता-
भर्जिनिया, अमेरिका। एएनए नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाद्वारा आयोजित चौथो अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सबमा मोरंगका पदम गौतमको ‘सपना पछ्याउदै’ शीर्षकको कविता प्रथम,काठमाडौंकी हरिमाया भेटवालको ‘आमा र घाम’ कविता द्वितीय र पोखराका ईश्वरमणि अधिकारीको ‘घर’ कविता तृतीय भएका छन्।

घोषणा प्रतिष्ठानका महासचिब हेमन्त श्रेष्ठद्वारा जारी प्रेस बिज्ञप्तिका अनुसार महोत्सवमा प्रथम हुने कविले ‘एन एम शुभद्रा भानुभक्त काव्य पुरस्कार’ र प्रमाणपत्रसहित नगद १००० डलर, दोश्रो हुनेले ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ र प्रमाणपत्रसहित नगद ३०० डलर र तेश्रो हुनेले ‘वसुन्धरा गणेश रोका देवकोटा पुरस्कार’ र प्रमाणपत्र सहित नगद २०० डलर प्राप्त गर्नेछन्।

प्रतियोगिताको लागि १८ देशबाट अंग्रेजी र नेपाली भाषामा जम्मा २२७ वटा कविताहरु प्राप्त भएका थिए। कविता महोत्सब आयोजनाको निमित्त प्रतिष्ठानका उपाध्यक्ष एबं साहित्यकार विनोद रोका प्रमुख संयोजक र सदस्य एबं कवि गोवर्धन पूजा उपसंयोजक रहेको एक समिति गठन गरिएको थियो। कविता मूल्याकंनका लागि उपाध्यक्ष रोकाकै संयोजकत्वमा कवि, कवयित्री एवं साहित्यकारहरु तुलसी दिवस, उषा शेरचन, डां. हरिहरप्रसाद भट्टराई, विप्लब प्रतिक, गोवर्धन पूजा र नीलम कार्की निहारिका निर्णायक रहेका थिए।

पुरस्कृत कवि कवियत्रीहरुलाई जुलाई ४ देखि ६ सम्म अमेरिकाको न्युयोर्कमा हुने दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को ३१ औं सम्मेलनको अबसरमा पुरस्कार प्रदान गरिने जनाईएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस