दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ३१ जेठ। पाँचौ हङकङ व्युटि ट्यालेन्ट कन्टेष्ट २०७० को उपाधि सुजु पुनले जितेकी छन्। वेष्ट पर्सानालिटीको टाईटलसेमत जितेकी पुनले १७ प्रतियोगीहरुलाई पछि पार्दै उपाधि जितेकी हुन्।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

यदी तपाइले पाँचौ हङकङ व्युटि ट्यालेन्ट कन्टेष्ट २०७० को उपाधि जितेमा के गर्नु हुन्छ ? भन्ने फाईनल चरणमा निर्णायकहरुले सोधेको प्रश्नमा विजेता पुनले महिलाहरुको विकासको लागि तालिम तथा शसक्तीकरण गर्दैै महिला जागरण गर्ने कुरामा जोड दिएकी थिइन्। उक्त प्रतियोगितामा फष्ट रनर अपमा सृजना परियार, सेकेण्ड रनर अपमा सजिना क्षेत्री र दर्शक छनौटमा नानु गुरुङ, वेष्ट ट्यालेन्टको टाईटल मन्जीला तामाङले हात पार्न सफल भए। विजेता प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी डाक्टर चन्द्रा भद्रा, गतबर्षकी विजेता विमला गुरुङ, हङकङ हर्वल व्युटी ईन्स्टिच्युटका संचालक एवम राष्ट्रिय सौदर्यकर्मी युनियन नेपालका अध्यक्ष मिना गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।

पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटी ईन्स्टिच्युटको आयोजना गोर्खा बराह एण्ड ज्वलरीको मुख्य प्रायोजनमा पोखरा उद्योग बाणिज्य संघको सभाहलमा शुक्रबार उक्त कार्यक्रम आयोजना भएको हो।

प्रतियोगितामा १५ देखि ३० बर्ष उमेर समूहका १८ जना प्रतियोगी सहभागि भएका थिए। महिलाहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्यले यस बर्षदेखि ईन्स्टिच्युटमा आबद्ध नभएका अन्य व्यक्तिहरुले समेत सहभागिता जनाएकोे ईन्स्टिच्युटले जनाएको छ। यस प्रतियोगिताका कोरीयोग्राफी रविन्द्र बज्रचार्ज रहेका थिए भने फोटोग्राफीमा उमेश पुन रहेका थिए। प्रतियोगिताको निर्णायक मण्डलमा शान्ति गुरुङ, सन्जल मल्ल, गोरे गुरुङ, सुरेन कुमार सुशिल, सुमन गुरुङ रहेका थिए। उक्त अवसरमा ईन्ष्टिच्युटमा रहेका बिद्यार्थी मध्ये वेला गुरुङ उत्कृष्ट बिद्यार्थी भईन् भने वेष्ट स्टाफ सुनिता श्रेष्ठ भईन्।

यसै विच २०६८ सालदेखि ईन्ष्टिच्युटले प्राप्ति त्रैमासिक पत्रिका समेत संचालन गर्दै आएको छ। यस ईन्ष्टिच्युटले यस पत्रिका प्रकाशनमा स्थापना कालदेखि निरन्तर रुपमा लेखक, रचना तथा फोटो उपलब्ध गराउदै आएका १० जना पत्रकारलाइ सम्मान गरेको पत्रिकाका कार्यकारी सम्पादक दिननाथ बरालले बताए।

सम्मानित हुनेहरुमा विषेश सहयोगी विजय नेपाल, आरजु विष्ट (शल्यानी), सावित्रि गौतम, रेम विक, वसन्ती बाँस्तोला, विभास भुजेल, तारा शर्मा, फोटो पत्रकार सुदर्शन रञ्जित, संजय शाक्य र उमेश पुन रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि समाजसेवि डाक्टर चन्द्रा भद्रा र हङकङ हर्वल व्युटी ईन्स्टिच्युटका संचालक एवम राष्ट्रिय सौदर्यकर्मी युनियन नेपालका अध्यक्ष मिना गुरुङले सम्मानित व्यक्तिहरुलाई मायाको चिनोको साथमा खादा लगाएर सम्मान गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस