एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३१ जेष्ठ। मन्त्रीपरिषदको बैठकले संविधानसभाको चुनाव मंसिर ४ गते गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषदको विहीवार बसेको बैठकले संविधानसभाको चुनाव मंसिर ४ गते गर्ने मिति तय गरेको हो।

मन्त्रीपरिषदले संविधानसभा सदस्य निर्वाचन अध्यादेशको मस्यौदा स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाएको छ। चार दल सम्मिलित उच्च स्तरीय राजनीतिक समितिमा निर्वाचनसम्बन्धी ऐनमा विवाद भएपछि सरकारको जिम्मामा छाडेको थियो। समितिले सरकारको निर्णयलाई नै स्वीकार गर्ने निर्णय गरेको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस