एचकेनेपाफ डट कम संवाददाता-
बेल्जियमको ब्रुज शहरमा अवस्थित यानबोनिन २० सभागृहमा किरात चाड उभौलीमा रमाउदै जुन ९ तारिखका दिन संयुक्त किरात समाज बेल्जियमको बार्षिक साधारण सभा सम्पन्न भएकोछ।
सस्थाका अध्यक्ष डिल्ली सुब्बाको अध्यक्षतामा संस्थाका महासचिब मुना राईले बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष बिमल सुब्बाले पेश गरेका आर्थिक प्रगति बिबरणहरुलाई भेलाले सर्बसम्मतिबाट अनुमोदन गरेको थियो। संस्थाको बन्दसत्रपछि सांझ ५ बजेबाट उभौली २०१३ लाई भव्यताका साथ मनाउन मुख्य अतिथि आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष तथा नेपाल समाजबादी पार्टी युरोपका अध्यक्ष र एनआरएन बेल्जियम आइसिसि सदस्य पीजी शेर्पासहित बेल्जियमस्थित बिभिन्न संघसंस्थाहरुका पदाधिकारीहरु र बेल्जियम भरिकै धेरै व्यक्तिहरुको उपस्थिति रहेको थियो।
उक्त भब्य कार्यक्रमको संचालन सस्थाकै महासचिब मुना राई र कार्यसमिति सदश्य कविन्द्र लिम्बुले गर्नु भएको थियो भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष पूर्ण काङ्ग्बाङ्गलिम्बुले गर्नुभएको थियो। उभौली कार्यक्रममा शुभकामना मन्तब्य दिदै मुख्य अतिथि पीजी शेर्पाले हाम्रो नेपालमा राज्य पक्षबाट आदिबासी जनजातिमाथि अन्याय शोषण र दमन भएको कारणले राज्यबाट पाउनुपर्ने अवसरहरु हामीले नपाउदा बिदेसिनु परेको हो भन्नु भयो। त्यसै गरी। शेर्पा समाजका जिङ्ग्मे शेर्पा , नेपाली जनप्रगतिशिल मंचका उपाध्यक्ष कमल भारती , पाशापुच बेल्जियमका श्रीमती सुर्यदेबी श्रेष्ठ, एभरेष्ट नेपाली समाज ब्रुजका अध्यक्ष कमल पन्थी, ब्रुज समाजकै महासचिब कुल बहादुर केसी र युबा पत्रकार सन्तोष न्यौपानेले उभौली २०१३ को शुभकामना मन्तब्य दिनु भएको थियो।
कार्यक्रममा किरात कलाकारहरुद्वारा किरात भेषभूषामा सजिएर प्रख्यात एतिहासिक किरात नृत्यहरु साकेला, च्याब्रुङ्गसहित अन्य थुप्रै मनोरन्जनात्मक सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो भने जिंमे शेर्पाको चुटकिला र सरस्वती श्रेष्ठको सुमधुर गीतले कार्यक्रममा थप रनक बढाएको थियो। यसैगरी सोही कार्यक्रममा खालखालका थुप्रै मनमोहक सुन्दर नृत्यहरु प्रस्तुत गर्ने किरात कलाकार रिया राईलाई संयुक्त किरात समाज बेल्जियमले युरो एकसय पांच नगद प्रदान गरेर कलाकारहरुको हौसला बढाउने काम पनि गरेको थियो। कार्यक्रम मनोरन्जनात्मक आनन्ददायी मात्र नभई खाजाको रुपमा नेपाली सेलरोटी र अचारसहित बिभिन्न परिकारका स्वादिष्ट रात्रि भोजको पनि व्यवस्था गरिएको थियो। कार्यक्रमलाई भब्यताका साथ सफल बनाउन रेडक्रस ब्रुजले पांच स्वयंसेवकको व्यवस्था गरेको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस