मृतकका परिवारलाई युएईबाट आर्थिक सहयोग पठाइयो
निमकान्त पाण्डे / एचकेनेपाल डट कम-
दुबई, २९ जेष्ठ। युएईको रसलखेमा नजिकै ओमन रोडको अलराम्स ठाउस्थित गाडी वर्कसपमा कार्यरत लेखनाथ न.पा. ११ बेगनाथ,कास्कीका मृतक ३७ बर्षीय सन्तोष रानाभाटको परिवार लाई आर्थिक सहयोग गरिएको छ।

८ दिनपछि मृत अबस्थामा चट्टानको पहाडमा शरीर नचिनिने अबस्थामा फेला पारेको कम्पनीको मालिकले जनाएका थिए। दुई छोरा छोरीका बाबु समेत रहेका मृतकको घरको आर्थिक अबस्था निकै कमजोर स्थितिलाई केही आर्थिक राहत सहयोग गर्नका निम्ति उनका छिमेकी गाउले बलबहादुर बिक ०५०-८८०९१७५ ले सुरु गरेको अभियानलाई साथीहरुले समेत साथ दिदै डाईमन्डलिज रेन्टकार, ओल्ड सेकुरुटी, दिपा ईन्डस्ट्रियल कम्पनीमा कार्यरत नेपालीहरुबाट आर्थिक रकम संकलन गरेर परिवारलाई ४१,९०२ रुपैया पठाईएको छ।

कम्पनीबाट बाहिर मृत्यू भएकोले ईन्सुरेन्स कम्पनीबाट कुनै आर्थिक रकम नमिलेपछि साथीभाईहरुले नै सहयोग गरेको बिक बताउछन्। बिकका अनुसार रसलखेमाबाट रुद्र रानाभाटले पनि ग्रुपफोर कम्पनिमा कार्यरत साथीहरुबाट सहयोग संकलन गरि ५५३९१ ( पचपन्न हजार तीन सय एकानब्बे ) पठाएका छन्। विदेशको ठाउंबाट नेपाली दाजु भाईहरुले यस अबस्थामा आर्थिक संकलन गरेर पठाई सहयोग गर्ने सम्पूर्णलाई मृतककी श्रीमति सिता रानाभाटले हार्दिक धन्यबाद प्रकट गरेकी छन्।

कम्पनीको मालिकले फोन गरि २५ सय दिराम नेपाली दूताबासमा बुझाएको छु उसको अन्त्येष्ठि गर्दा खर्च गर्नु भनेको र के कारणले आजसम्म दूताबासबाट रकम पाउन नसकेको भनी सिताले फोन मार्फत दुखेसो गरेकी थिइन्। यसै बिषयलाई लिएर बल बहादुर बिक ०५५-६१२८५५९ अबुधाबी दूताबस पुगेर जानकारी लिएको जनाएका छन्। बिबका अनुसार यस्तै प्रकारका समस्या भएका ३/४ जनाको एकमुष्ठ रकम परराष्ट मन्त्रलय पठाउने भएको हुदा केही समय ढिला हुने दुताबासले जनाएको छ। यस घटनाको रकम केही दिनभित्र नै नेपाल पठाईने जनाए।

दूताबासका अनुसार पीडितले परराष्ट् मन्त्रलयबाट रकम बुझ्न पनि सक्छन् काठमाडौँ बाहिर हुनेका लागि मन्त्रलयले जिल्लामा रकम पठाउने छ। त्यहि गएर रकम लिनु पर्ने जानकारी पाप्त भएको छ। यस्तो रकम सिधै मृतकसगै नेपाल जाने व्यक्तिले लिएर जादा आफन्तले छिटो पाप्त गर्न सक्ने तर दुताबास मार्फत जादा २ महिनासम्म लाग्ने दुताबासका एक कर्मचारीले श्रोतलाई जनाए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस