एचकेनेपाल डट कम संवाददाता-
ब्रुनाई, १२ जुन। साहित्यकार विश्वास दीप तिगेलाले आफूले नेतृत्व गरिरहेका प्रवासी नेपाली साहित्य समाजको नेतृत्व उपाध्यक्ष जितेन्द्र चेम्जङलाई हस्तान्तरण गरेका छन्।
नेपाली साहित्यको विकास, विस्तार र प्रबद्र्धनको लागि स्थापित विश्वब्यापी साहित्यिक संजाल विश्व नेपाली साहित्य महासङ्घको अध्यक्ष पदमा उम्मेदवार बनेका तिगेलाले साहित्य समाजबाट विदा लिएका हुन् । महासङ्घको विश्वभर ११ मुलुकमा १३ शाखा स्थापना भई संचालनमा रहेका छन् । महासङ्घको नयाँ नेतृत्वको लागि अहिले उम्मेदवारहरु मैदान उत्रिएका छन । आगामी २८ जुनमा नयाँ नेतृत्वको घोषणा हुने र महासङ्घ स्थापना भएको दिन १३ जुलाईबाट कार्यभार लिने कार्यक्रम रहेको छ।
महासङ्घ भित्र सिस्टम बसाउनको लागि भनेर यसपटक धेरै युवाहरु उम्मेदवार देखिएका छन् । पटकपटकको छलफल पछि रसियामा रहदै आउनु भएका अध्यक्ष डा. मधु माधुर्य नेतृत्व तिगेलालाई दिन सहमत भएपछि तिगेला अध्यक्ष बन्ने सुनिश्चित भएको छ।
महासंघको नेतृत्वको लागि ४ उपाध्यक्षमा सागर श्रेष्ठ (साउदी अरेबिया), वेद दाहाल (अमेरिका), मणि राई ‘गोठाले’ (मलेशिया), सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत) र महासचिव समदर्शि काँइला (युएई), सचिव खगेन्द्र अधिकारी ‘अमृत’ (साउदी अरेबिया), संगठन सचिव हरी शिवाकोटी (क्यानडा), उपसचिव देवेन्द्र खापुङ (नेपाल), आर्थिक सचिव केदार सुनुवार ‘संकेत’ (अफगानिस्तान), आर्थिक सहसचिव जीवन देवान (मलेशिया) र सदस्यहरुमा क्रमशः डा. लोकनाथ काफ्ले (ताइवान), तीर्थसंगम राई (कतार), दीप दर्शन शाही (मलेशिया), नगेन्द्र इङनाम (अमेरिका) र गोविन्द गौतम (रसिया) उम्मेदवार बनेका छन्।
केन्द्रीय नेतृत्वको लागि उम्मेदवार बन्नलाई कम्तिमा २ बर्ष महासङ्घमा काम गरेको, दुई कृति प्रकाशित गरेको, आजीवन वा संरक्षक सदस्य अनिवार्य बनेको हुनुपर्ने प्रावधानले आगामी नेतृत्व राम्रो बन्ने विश्वास गरिएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस