रमेश खावाजु/ एचकेनेपाल डट कम-
दक्षिण कोरिया, २०१३ जुन १६ तारिख आइतबारका दिन मनाङ परिवार दक्षिण कोरियाद्वारा आयोजना गर्न लागेको “दोस्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ ” कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।
खेलको टाईसिट
जुन ५ तारिकमा मनाङ परिवार दक्षिण कोरियाद्वारा प्रतियोगिताको टाइसिट पनि प्रकाशित गरिसकेको छ। आपतकालीन राहत कोष निर्माणको लागि सोयासन फुटबल ग्राउण्डमा हुन् लागेको १ दिने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालीहरुको १४ वटा टिमले भाग लिने भएको छ। “A” र “B ” को प्रत्येक समूहमा ७ ,७ वटा क्लबमा विभाजित गरिएको छ। प्रतियोगिताको पहिलो खेल बिहान ८ बजे मनाङ फुटबल क्लब र नवलपरासी फुटबल क्लब बिच प्रतिष्प्रर्धा हुनेछ। फाइनल खेल बेलुकी करिब ८:३० बजे हुनेछर
प्रतियोगिताको नियमहरु
प्रतियोगिताको प्रत्येक खेल ५० मिनेटको हुनेछ। प्रत्येक खेलमा पहिलो हाफ २० मिनेट ,दोस्रो हाफ २० मिनेट तथा रेष्ट समय १० मिनेटको हुनेछ। सो प्रतियोगिताको खेलमा दुवै क्लब बीच खेल बराबरीमा तुंगेमा समय नथपी एकै चोटी पेनाल्टी चरणमा पुगिनेछ। उक्त फुटबल प्रतियोगिताको खेल सफा तथा निष्पक्ष तरिकाले संचालन गर्नको लागि प्रत्येक क्लबले १ लाख वन डिपोजिट राख्नुपर्नेछ। खेलमा पहेलों कार्ड पाएको खण्डमा १० हजार वन तथा रातो कार्ड पाएको खण्डमा २० हजार वन कट्टा गरि बाँकि रकम फिर्ता गरिनेछ। खेलको लागि चाहिने ड्रेस ,जुता तथा अन्य सामानहरु सहभागी खेलाडीहरुले जुटाउनु पर्नेछ। खेल निश्चित समयमा नै हुने भएकोले टिमका खेलाडीहरु आफ्नो खेल समय भन्दा १ घण्टा अगाडी कार्यक्रम स्थलमा उपस्थित हुनु पर्नेछ तथा रेफ्रीको निर्णय अन्तिम निर्णय हुनेछ।
भाग्यशाली चिट्ठा खोलिने
१६ जुन बेलुकी करिब ८ बजे आपतकालीन राहत कोष निर्माणको लागि मनाङ परिवार दक्षिण कोरियाले दोश्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ ‘ को अवसरमा भाग्यशाली खोलिने भएको छ। भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार नगद ५० हजार रुपैंया, दोश्रो पुरस्कार नगद ३० हजार तथा तेश्रो पुरस्कार नगद २० हजार रुपैंया रहेको छ । बिक्रि भएको वा नभएको भाग्यशाली चिट्ठाहरुका प्याड जुन १६ तारिक ,बेलुकी ६ बजे सम्म आयोजकहरुलाई बुझाइ दिनुहुन मनाङ परिवार दक्षिण कोरियाद्वारा विभिन्न संस्थाहरुलाई अनुरोध गर्नु भएको छ।
पुरस्कार वितरण
खेलको समाप्ति पश्चात पुरस्कारको वितरण गरिनेछ। प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद १० लाख , मेडल तथा प्रमाणपत्र दिनेछ । दोस्रो हुने टिमलाइ नगद ५ लाख, मेडल, प्रमाणपत्र दिइनेछ भने बेस्ट प्लेयर, बेस्ट स्कोर तथा बेस्ट किपरलाइ आकर्षक पुरस्कारको पनि ब्यबस्था गरिएको छ।
प्रतियोगितामा नेपाली खानाको स्टल राखिनेछ। नेपाली खानाको स्टलमा नेपाली परिकारहरु मम ,चिउरा ,तरकारी ,भुटन ,रोटिको व्यवस्था गरिएको मनाङ परिवार ,कोरियाका अध्यक्ष प्रकाश लामाले बताए। लामाले १६ जुन २०१३ आइतबार गरिन लागेको ‘दोश्रो तिलिचो कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा भाग्यशाली चिट्ठा ‘ कार्यक्रममा सहभागी भइ सफल परिदिहुन कोरिया स्थित सम्पूर्ण संघ संस्थाहरु तथा नेपाली समुदायहरुमा बिनम्र अनुरोध गरेका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस