भिषण राई / एचकेनेपाल डट कम-
फिदिम, ३० फागुन । किरात राई पत्रकार संघ पाँचथरको प्रथम जिल्ला अधिवेशनबाट मिलन राईको अध्यक्षतामा नौ सदस्य नयाँ कार्य समिति चयन भएको छ।
मंगलबार किरात राई यायोख्खा पांचथरको भवनमा आयोजित प्रथम जिल्ला सम्मेलनबाट समितिको उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश शान्तिदेवी राई, अनिता राई, सरस्वति राई, रितु राई, गणेश साम्पाड, सन्दिप राई र विपल राई रहेका छन्।
किरात राई पत्रकार संघ केन्द्रीय कार्य समिति सदस्य भीषण राईको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो।
सम्मेलनले आगामी दिनमा जिल्लामा रहेका राई पत्रकारको तथ्यांक संकलन गर्ने, पत्रकारिता तालिम सञ्चालन योजना बनाउने, किरात संस्कृतिलाई सञ्चार माध्यममा उजागर गर्ने उद्धेश्य राखिएको नव निर्वाचित अध्यक्ष मिलन राईले बताएका छन्।
कार्यक्रममा किरात राई यायोख्खाका केन्द्रीय सदस्य तारा बहादुर राई, जिल्ला कार्य समिति पांचथरका सचिव देउकुमार राईलगायतको उपस्थिती रहेको थियो।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस