Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सशस्त्र प्रहरीको गाडी दुर्घटनामा दर्जनभन्दा बढी घाइते

सन्तोष काफले / एचकेनेपाल डट कम-
धरान, ३० फागुन । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल सुनसरीको गाडी दुर्घटना हुँदा एक दर्जन सशस्त्र प्रहरीहरु घाइते भएका छन्।

सुनसरीबाट झापाको दमकस्थित नियमिति तालिम अन्तर्गत फायरिङका लागि जादै गर्दा बुढी खोला नजिक सशस्त्र प्रहरीको वा १ ग २०६१ नम्मरको वाइन्टेन आज विहान गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमध्ये सशस्त्र प्रहरी नायव निरीक्षक लाक्पा शेर्पा, सशस्त्र प्रहरी जवान सन्तोष दुरा र सशस्त्र प्रहरी हवल्दार सरोज गोइतको अवस्था चिन्ताजनक रहेको छ। उनीहरुसंगै सबै घाइतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

आज विहान फायरिङका लागि झापातर्फजादै गर्दा बूढी खोलाको पूल नजिक गोरु गाडा अगाडि आएको र त्यसलाई जोगाउने बेला गाडी अनियन्त्रित भइ दु्र्घटना भएको सशस्त्रका डिआइजी सिंहबहादुर श्रेष्ठले जानकारी दिनुभयो।

घट्ना लगतै घाइतेहरुको अवस्था बुझन डिआइजी श्रेष्ठ प्रतिष्ठान आइपुग्नु भएको थियो। दुर्घटनामा परी सशस्त्र प्रहरी जवान भेषराज दाहाल, सशस्त्र प्रहरी सहायक निरीक्षक बाबुदन्त चौधरी, सशस्त्र प्रहरी जवान अमोदकुमार यादव, सशस्त्र प्रहरी हवल्दारहरु राजकुमार श्रेष्ठ, अरविन कुमार मण्डा, भगिरथ पोखरेल र होमकुमार श्रेष्ठ घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by