एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ११ जुन। एक नेपालीको गत साता उपचारको क्रममा चुन मुन अस्पतालमा मृत्यु भएपछि हङकङ सरकारले नेपाली समुदायलाई लक्षित गरी एक प्रेस विज्ञप्ति जारी गरेको छ।

हङकङ स्वास्थ्य विभागले एचकेनेपाल डट कमलाई प्रकाशन गर्न विशेष आग्रह गर्दै इमेलमार्फत पठाएको प्रेस विज्ञप्तिमा ४० वर्षीय एक नेपालीको मृत्युको कारणबारे जानकारी सम्प्रेषण गरेको छ।

पेट दुखेर करीव दुई वर्षदेखि हार्वल (बिखामा नामक जडीबूटी औषधी) खाइरहेका ४० वर्षीय एक नेपाली (नाम उल्लेख नगरेको) लाई उक्त औषधी सेवन गर्दा अचानक टाउको दुख्ने-चक्कर लाग्ने भएपछि जुन ४ तारिख चुन मुन अस्पतालमा भर्ना गराइएको थियो। उपचारको लागि अस्पताल भर्ना गराईएका उनको सोही दिन मृत्यु भएको थियो।

मृतक नेपालीको मुत्र तथा सेवन गरेको औषधीको अवशेष परीक्षण गर्दा त्यसमा विषाक्त एकोनिटम तत्व पाइएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। प्रारम्भिक जाँचमा नेपाली साथीबाट लिएको बिखामा नामक हर्बल औषधी नेपाली उत्पादन भएको जनाएको छ। त्यो पारम्परिक चिनीयाँ वा पश्चिमी औषधी नभएको समेत स्वास्थ्य विभागले प्रष्ट पारेको छ। नेपाली साथीबाट लिएको उक्त औषधी चिकित्सकको सल्लाहबिना र अनुचित तरिकाले सेवन गरेको पाइएको जनाइएको छ।

स्वास्थ्य विभागका लागि निर्देशक डा. अल्बर्ट ए. यू.द्वारा जारी प्रेस विज्ञप्तिमा हार्बल दबाई विषाक्त पनि हुन सक्ने जनाउदै चिकित्सकको सल्लाहबिना र अनुचित तरिकाले सेवन गरेमा असहज तथा कमजोर महसूस हुने, बान्ता आउने, स्वासप्रस्वासमा कठिनाई हुने तथा ज्यानै जाना सक्ने उल्लेख गरेको छ। तसर्थ, यस्ता औषधी सेवन गर्नुअघि चिकित्सक तथा स्वास्थ्यकर्मीबाट परामर्श लिन स्वास्थ्य विभागले आग्रह गरेको छ, साथै औषधी खरीद गर्दा विश्वासनीय सुत्रबाट लिनु पर्ने सुझावसमेत दिएको छ।

प्रेस विज्ञप्तिको पूर्णविवरण

Dear sir/madam,

I would like to solicit your assistance to disseminate the following message to the Nepalese Community in Hong Kong.

On June 10, the Department of Health (DH) announced a death case which is related to aconitum alkaloid poisoning after consumption of a type of herb.

The incident was referred by the Hospital Authority (HA). The patient was a 40-year-old Nepalese man who had a history of self-consumption of a kind of herb called “Bikhama” for relief of stomach ache for about two years without consulting healthcare professionals. He developed headache and dizziness shortly after the consumption on June 4. Later, his condition deteriorated rapidly. He was sent to Tuen Mun Hospital for treatment and died on the same day. As he had a history of consumption of the above herb, herbal poisoning was hence suspected clinically.

The clinical diagnosis of aconitum alkaloid poisoning was proven after HA’s laboratory testing on the patient’s urine and the herbal remnants found multiple poisonous aconitum alkaloids, including indaconitine and pseudaconitine. Preliminary investigations revealed that the patient obtained the herb from a Nepalese friend who obtained it from Nepal. According to information, ‘Bikhama’ is produced in Nepal and is not a traditional Chinese or Western medicine.

Herbal medicines known to contain alkaloid constituents can be toxic. In general, if consumed orally, they should first be decocted. If used improperly, aconitum alkaloids can cause discomfort like numbness of the mouth and limbs, nausea, vomiting and peripheral weakness, and even lead to life-threatening breathing difficulties and cardiac arrhythmia.

So far, DH has not received any other report of related adverse incidents. We advise members of the public against self-prescription of herbs or drugs. They should consult a health-care professional regarding consumption of herbs or drugs. In addition, they should purchase medicines from credible sources.

Should you need any further information, please do not hesitate to contact me.

Yours sincerely,
Dr Albert AU
(for Director of Health)



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस