धनवीर पुन / एचकेनेपाल डट कम-
नयाँ दिल्ली, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको भारत भ्रमणको अवसरमा राजदूतावासमा आयोजित रात्रिभोजलाई भारतस्थित नेपालीका प्रतिनिधि संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले बहिष्कार गरेको छ।
दूतावासले सोमवार उक्त भोजको आयोजना गरेको थियो। भारतस्थित नेपालीहरूको सबैभन्दा ठूलो प्रतिनिधि सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा देशको जनप्रतिनिधिको हैसियतले कुनै पनि ओहदामा नरहेकाले उनको सम्मानमा राजकीय कोषबाट भोजको नाममा खर्च गरिनुलाई राष्ट्रिय सम्पत्तिको दुरूपयोग बताएको छ।
यस सम्बन्धमा समाजका अध्यक्ष दुर्गा केसीले अगाडि भने– ‘देउवाको उक्त भ्रमण आफूलाई सत्तामा पुर्याउनका लागि विदेशी शक्तिहरू समक्ष गरिएको हारगुहारको अभिव्यक्ति पनि हो।’
विभिन्न सचिवसहित भारत पुगेका शेरबहादुर देउवाको उक्त भ्रमणप्रति भारतस्थित नेपालीहरूको सबैभन्दा ठूलो प्रतिनिधि सङ्गठन एकता समाजद्वारा देखाइएको उपर्युक्त रवैयालाई भारतस्थित नेपालीहरूको समस्या समाधानबारे उनको बेवास्तापूर्ण रवैयाको विरोधको रूपमा लिइएका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस