कास्की परिवारद्वारा पश्चिमाञ्चल भलिबल संघलाई ६५ लाख वन सहयोग गरिने
जुलाई १४ मा भलिबल कार्यक्रम आयोजना, तयारी तिब्र रुपमा।

सुरज गुरुङ / एचकेनेपाल डट कम-
द. कोरिया, “जन्मभूमिको लागि केही गरौं स्थानीय कलाकारहरुलाई सम्मान गरौं” भन्ने मूल अभिप्रायका साथ यस प्रवासी भूमिमा रहनु भएका चर्चित स्थानीय कलाकारहरुको विशेष सहयोगमा कोरियन महान पर्व सलनालको उपलक्ष्यमा २०१३ फेब्रुवरी १० आईतावारका दिन कास्की परिवारद्वारा प्रस्तुत “माछापुच्छ«े सांगीतिक सौगात भाग २” मा संकलित रकम ६५ लाख कोरियन वन पश्चिमाञ्चल भलिबल संघलाई सहयोग प्रदान गरिने जुन २ तारिख माङवलसामा परिवारका अध्यक्ष श्री नविन गुरुङको अध्यक्षता सम्पन्न भएको कास्कीबासीहरुको बृहत छलफल पश्चात सो निर्णय गरिएको जानकारी परिवारका सचिव श्री खोम गुरुङले दिनु भएको हो।

“माछापुच्छ«े सांगीतिक सौगात भाग २” को संयोजक श्री क्षेत्र गुरुङको विशेष सक्रियतामा उक्त कार्यक्रम भब्य तथा सभ्य रुपमा सम्पन्न गर्न विशेष सहयोग गर्नुहुने स्वयम्भू रेष्टुरण्टका श्री बुद्धी गुरुङलगायत आर्थिक, भौतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था, व्यावसायी तथा नेपाली समुदायलाई कास्की परिवारले हार्दिक धन्यवाद ज्ञापन पनि गरिएको थियो। उक्त बैठकमा कास्की परिवारका संचार संयोजक श्री सुरज गुरुङ पत्रकार महासंघ द. कोरिया साखाको चौथो महाधिवेशनबाट कार्यसमितिमा चयन हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गरिएको थियो भने, रक्त क्यान्सरद्वारा पीडित श्री हरी के.सी.को लागि सहयोग रकम संकलनमा सक्रियताका साथ विशेष सहयोग गरिरहनु भएका श्री एक गुरुङलाई पनि धन्यवाद ज्ञापन गरिएको थियो।

पश्चिमाञ्चल क्षेत्रको सदरमुकाम पर्यटकीय नगरी पोखरास्थित रंगशालामा भलिबल कोर्टमा प्याराफट निर्माणको लागि “जन्मभूमिको लागि केही गरौ” भन्ने बिशुद्ध उद्धेश्य लिई आयोजित उक्त सांगीतिक कार्यक्रममा संकलित रकम उद्धेश्य अनुरुप पश्चिमाञ्चल भलिबल संघलाई प्रदान गरिने संस्थाका अध्यक्ष श्री नविन गुरुङले बताउनु भयो।

जुलाई १४ मा “माछापुछ्रे भलिबल रनिङ कप” आयोजना गरिने
प्रथम पुरस्कार ११ लाख वन

“खेलाडी राष्ट्रको गहना हो प्रवासी भूमिमा रहेका खेलाडीलाई सम्मान गरौं” भन्ने मुल सन्देशसहित कास्की परिवार द. कोरियाद्वारा यहि आउदो जुलाई १४ आईतावारका दिन “माछापुछ्रे भलिबल रनि¨ कप” आयोजना गरिने भएको छ।

संस्थाका खेल्कुद संयोजक श्री क्षेत्र गुरुङको संयोजकत्वमा गठित उपसमितिले कार्यक्रमलाई सफल बनाउनको निमित्त तयारी तिब्र रुपमा गरिरहेको जानकारी गराउनु भएको छ। उक्त कार्यक्रममा खेलकुद मार्फत राष्ट्रको निमित्त योगदान पु¥याउनु भएका विशेष महानुभावहरुलाई सम्मान गरिने पनि बताउनु भयो । “माछापुछ«े भलिबल रनि¨ कप”मा प्रथम हुनेलाई नगद ११ लाख कोरियन वन, शिल्ड, मेडल, प्रमाण पत्र, द्धितिय हुनेलाई नगद ७ लाख वन, मेडल, प्रमाण पत्र, तृतिय हुनेलाई नगद ४ लाख वन, मेडल, प्रमाण पत्र रहेको छ भने, खेलकुद जगतमा अनुशासनको विशेष भहत्व रहने हुंदा कार्यक्रम अवधीभर अनुशासन रुपमा खेल प्रदर्शन गर्ने टीमलाई पनि १ लाख वन तथा प्रमाण पत्रले पुरस्कृत गरिने छ भने, उत्कृष्ट खेलाडीको पुरस्कार पनि नगद १ लाख वन र प्रमाण पत्र रहेको छ । सेमिफाईनलको प्रत्यक खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफद म्याचको उपाधी स्वरुप आर्थिक पुरस्कार प्रदान गरिने जानकारी संयोजक श्री क्षेत्र गुरु¨ले बताउनु भयो । उक्त कार्यक्रममा भलिबल खेललाई नियमबद्ध अनुशासित र मर्यादित रुपमा खेल संचालनको निमित्त राष्ट्रिय रेफ्री श्री केशभक्त गुरु¨को नेतृत्वमा निर्णयक मण्डललाई जिम्मेबारी सुम्पिएको छ । साथै उक्त दिन मैत्रिपूर्ण महिला भलिबल खेल पनि खेलाईने हुदा ईच्छुक महिला भलिबल टीम पनि दर्ता गरिदिनुहुन द. कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा कास्की परिवार द. कोरियाले हार्दिक अनुरोध गरेको सचिव श्री खोम गुरु¨ले जानकारी गराउनु भयो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस