एचकेनेपाल डट कम संवाददाता-
राजविराज, २७ जेष्ठ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि सप्तरीमा बनाइएका स्वागतद्वारहरुमा तोडफोड र आगजनी गरिएको छ।
तराई भ्रमणमा निस्केका शाहलाई सप्तरीमा प्रवेश गर्न नदिन संयुक्त विद्यार्थी संगठनहरुले आइतवार राति स्वागतद्वारहरुमा तोडफोड गरेर आगो लगाइ दिएका हुन्। तोडफोड र आगजनी गर्नेहरुमा नेविसंघ, मधेशी विद्यार्थी फोरम नेपाल, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अनेरास्ववियु, नेकपा–माओवादी निकटको अनेरास्ववियु क्रान्तिकारीलगायतका संगठनका नेता तथा कार्यकर्ताहरु छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस