भीम के सी कमल/ एचकेनेपाल डट कम-
लिस्बन, बिगत ४-५ बर्षदेखि लगातार सामाजिक सुरक्षण कर तिर्दै रेसिडेन्सी आवेदन गरे पनि हालसम्म बैधानिक बसोबास अनुमति प्राप्त गर्न नसकेका नेपालीहरुको समस्या समाधानको निमित्त एनआरएन पोर्चुगलले बरिष्ठ अध्यागमन कानुन बिशेषज्ञ डा. मोनिका गास्पर मेन्डेससंग परामर्श र छलफल गरेको छ।
संघको रोसियोस्थित कार्यालयमा हालै भएको अन्तरकृया कार्यक्रममा संघका पदाधिकारी तथा लामो समयसम्म रेसिडेन्सी नपाएका पीडित प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो।
पीडित नेपालीहरुका समस्याहरुको बिषयमा संघका अध्यक्ष रमेश गुरुङ् र सल्लाहकार लक्ष्मीप्रसाद सापकोटाले जानकारी गराएका थिए भने छलफलमा उपस्थित हुनेहरुले आफ्ना बिभिन्न समस्या तथा जिज्ञासाहरु प्रस्तुत गरेका थिए।
१२ बर्ष भन्दा बढि अवधिको अध्यागमन सम्बन्धी अनुभव भएकी कानुन ब्यबसायी डा. मेन्डेसले पक्तिकारसंगको कुराकानीमा आफूले उल्लेखित समस्याहरुको बिषयका पोर्चुगिस अध्यागमन (सेफ)मा समाधानार्थ पहल गर्ने र सो हुन नसकेमा पीडितहरुको तर्फबाट सामुहिक रुपमा उच्च न्यायालयमा याचिका दायर गर्ने जानकारी गराइन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस