शिव तिवारी / एचकेनेपाल डट कम-
लन्डन, २६ जेष्ठ। बेलायतको एबर्डिन स्कट्ल्याडमा अन्तर्राष्ट्रिय साँस्कृतिक परेड भब्यताका साथ सम्पन्न भएको छ। एबर्डिन सिटी काउन्सिलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल, भारत, कोरिया, पोल्यान्ड, थाइल्यान्डलगायत सयौ स्थानीय संघ संस्थामा आबद्ध हजारौको सहभागिता रहेको थियो।
तस्वीरः शिव तिवारी / एचकेनेपाल डट कम
बेलायतमा रहेका बिभिन्न देश तथा समुदायहरुको कला, सँस्कृति र भेषभूषालगायतको पहिचान, प्रबर्धन र आदान प्रदान गर्ने उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा बिभिन्न समूहहरुले बाजागाजा, भेषभूषा र झाकीसहित नगर परिक्रमा गरेका थिए। बार्षिक रुपमा आयोजना गरिने परेड कार्यक्रममा एबर्डीन स्कट्ल्यान्ड्मा रहेका नेपालीहरुको सामाजिक सस्था नेप्लीज हिमालयन एसोसिएसन स्कट्ल्याड्को बिशेष सकृयतामा सयौ नेपालीहरुको उत्साहजनक उपस्थिती रहेको थियो।
नेपाली पहिरनमा सजिएर महिला, पुरुष र स(साना बालबलिकाहरुसमेत नेपाली राष्ट्रिय झण्डा फहराउदै बाजागाजा र नेपाली नाचगानसहित परेड कार्यक्रममा भाग लिएका थिए। सेलिब्रेट एबर्डिन नाम दिइएको उक्त परेड कार्यक्रममा नेपाली समुदायको प्रस्तुतिलाई स्थानीय बासिन्दा तथा अन्तर्राष्ट्रिय समुदायले समेत निकै चासोका साथ अबलोकन गरेका थिए।
बिदेशमा रहेर पनि यस्तो बृहत कार्यक्रममा भाग लिइ नेपाली कला, सँस्कृतिको पहिचान र आदान प्रदान गर्न पाउदा नेपाली माटोप्रति उच्च सम्मान र गौरबको अनुभूती हुने नेप्लीज हिमालयन एसोसिएसन स्कट्ल्याण्ड्का अध्यक्ष टक बहादुर थापाले बताए। यस्तो कार्यक्रमले नेपालीहरुको आत्मियता र एकता झल्किने र नेपालको पर्यटन प्रबर्धनमा समेत ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको थापाको भनाई थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस