होमनाथ सापकोटा / एचकेनेपाल डट कम-
बुद्धि–खगी–दान राष्ट्रिय स्मृति पुरस्कारबाट दुई जना व्यक्ति सम्मानित भएका छन्। बुद्धि–खगी–दान राष्ट्रिय स्मृति प्रतिष्ठानले स्थापना गरेको पुरस्कारबाट बीबीसी नेपाल सेवाका प्रमुख तथा हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रविन्द्र मिश्रलाई परोपकार पत्रकारिताको अभियान तथा हेल्प नेपाल नेटवर्क मार्फत दुर्गमबस्ती तथा बिपन्न समुदायमा पु¥याएको योगदानको कदर गर्दै २५ हजार १ सय ११ नगद राशिको बुद्धि–खगी दान स्मृति राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको हो।

यस्तै लामो समयदेखि नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको ठहर गर्दै बरिष्ठ साहित्यकार एवं गीतकार प्रेम बिनोद नन्दनलाई सोही समारोहमा अभिनन्दन गरिएको छ।

कार्यक्रममा गरिबीका कारण पाँच बर्षसम्म ओढारमा बस्दै आएका सिद्धिका बन्दीपुरे चेपाङले मिश्र र नन्दनलाई सम्मान गरेका हुन्। रविन्द्र मिश्रले पुरस्कारको रासी बन्दिपुरे चेपाङलाई गरेका छन्। चितवनको भरतपुर ५ लंकु घर भै रोजगारीको सिलसिलामा इजरायलमा रहेकी सुमित्रा पौडेल आँचलले आफ्ना पिता गितानगर गाबिसका पूर्बप्रधानपञ्च बुद्धि प्रसाद बाँस्तोला र आमाद्धय खगीमाया र दान कुमारी बास्तोलाको नाममा गतबर्ष स्थापना गरेको प्रतिष्ठानबाट यस बर्ष पहिलो पटक दुई जनालाई सम्मान गरिएको हो।

बुद्धि प्रसाद बाँस्तोला २०२३ साल देखि २०४२ सालसम्म गितानगर गाबिसको चार कार्यकाल प्रधानपञ्च रहनु भएको थियो। आँचलले ५ लाख रासीको अक्षय कोष स्थापना गरिसकेको र सो कोषमा आगामी बर्ष रकम थप गर्दै लगिने प्रतिष्ठान पुरस्कार छनौट समितिका संयोजक रबि रोशीले जानकारी दिनु भएको छ। प्रतिष्ठानका महासचिव पुष्प अधिकारी अञ्जलीको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, ईन्सेक चितवनका संयोजक मुकुन्द दाहाल, गामवेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा, डेजी वोडिङ पर्साका प्राचार्य प्रेम रिमाल, सुमित्रा पौडेललका श्रीमान रामजी पौडेल, सञ्चारकर्मी किरण मरहठठा लगायतले वोल्नु भएको थियो। सोही कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार सञ्जालका अध्यक्ष दामोदर नेपालले गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई नगर १० हजार सहयोग गर्नुभएको छ। नेपालले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई उल्लेखित रकम हस्तान्तरण गर्नुभएको थियो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस