‘ठग–कैदी’संग प्रेम विवाह !
धोका पाउनुको विकल्प हुन्छ ?
युवतीले अपराधी भनिन्, आफैले घरमा विहेको कुरा चलाईन
महतले दोस्रो विहेको तीन महिना नपुग्दै तेस्रो विहे गरे
महतविरुद्ध मानव वेचविखनको जाहेरी, अहिले प्रहरी हिरासतमा
अर्जुन गिरी / एचकेनेपाल डट कम-
पोखरा, २३ जेठ। अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजले काठमाडौं जेलमै भएको समयमा जेल बाहिरकी युबती निहिता विश्वाससँग प्रेममात्र गरेनन् अन्ततः बिबाह नै गरे। अपराधीलाई जेलमा भेटघाटका लागि जानेसँग आँखा जुध्ने र त्यसपछि डेटिङ र विहेको लगन पनि जुर्दो रहेछ । यस्तै भयो जेल जीवन विताईरहेका ४७ बर्षीय श्याम महतको जीवनमा।
कारागारमा कार्यरत प्रहरी, कर्मचारी , अपराधी तथा अभियुक्तहरुलाई आफ्न्त भेट्न जाने गर्छन् । यसरी नै पूर्वकी एक युवती पनि मकवानपुर भिमफेदी कारागारमा आफ्नो दाई प्रितेलाई भेट्न जाने गर्थिन् । २७ बर्षीया युवती विए प्रथम बर्षमा अध्ययनरत थिईन् । उनका दाई प्रिते कर्तव्य ज्यान मुद्दाको सजाय काटिरहेका थिए।
घट्ना २०६७ सालको हो। ति युवती महिनाको एक पटक केहीलेकाही हप्तादिनमा दाई प्रितेलाई कारागार भेट्न जाने गर्थिन् । प्रितेसँगै कारागारमा श्याम महत पनि थिए । काभ्रे पलान्चोक पनौती गाविस ४ का महत राजश्व चुहावट, ठगी र भन्सार छली आरोपमा जेल जीबन बिताइरहेका थिए। प्रिते र महतविच राम्रो सम्बन्ध थियो। उनीहरु दुई विच घर परिवारको बारेमा पनि कुराकानी हुने गर्थ्यो। युवतीका दाई प्रितेलाई भेट्न आउदा एक दिन महतसँग पनि परिचय हुन पुग्यो।
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
एक दुई पटकको भेटपछि उनी र महत विच पनि सम्बन्ध र हिमचिम बढ्यो। पटक पटकको भेट अनि कुराकानीले उनलाई दाईको भन्दा महतको चासो बढि हुन थाल्यो । महिनामा एक पटक दाईलाई भेटन जाने उनी, हप्ताको एक पटक कारागार धाउन थालिन्। यता महतलाई पनि युवतीको भेट र कुराकानीले आत्मियता महशुस गराउथ्यो । उनको महतसँग भेट बाक्लिदै गयो, हप्ताको दुई पटक उनी महतको लागि खानेकुरासहित भेट्न आउन थालिन्।
एक दिन, महतले मात्र होईन कसैले नसोचेको कुरा भयो । ति युवतीले आफै महतसँग प्रेम प्रस्ताव राखिन् । उनको प्रस्ताव महतले सहजै स्वीकार गरे । उनीहरुलाई कारागारनै सुरक्षित डेटिङ स्पट भयो । उनीहरु विचको डेटिङलाई प्रहरीले रोक्न सकेनन् किनभने बन्दी भेट्ने समयमा ति युवती आउथिन् अनि मजाले महतसँग कुराकानी गर्थिन्।
उनीहरुको प्रेम सम्बन्धलाई विहेको रुप दिन युवतीले आफ्नो घरमा कुराकानी गरिन् । यता उनका दाई प्रितेलाई महतले आफू एक्लो रहेको र काठमाडौमा घरसहितको ८ रोपनी जग्गा रहेको भन्दै फकाउन थाले। महतले २०६३ सालमा अाफ्नो परिवारसँगै श्रीमती पनि दुर्घनामा परी मृत्यू भएको र आफू हाल एक्लै रहेको बताए । प्रितेले सबै कुरा सुनेपछि वहिनी र महतको सम्बन्ध स्वीकार गरे । त्यसैगरी युवतीका परिवार पनि राजी भए।
महतको सजाय पुरा हुन अझै ढेड बर्ष बाकी थियो । तर रमाले वकिल लगाएर महतलाई धरौटीमा छुटाइन् । २०६९ साल माघ ५ गते कारागारबाट निकालिन् । त्यसपछि माघ महिनामा नै उनीहरु वैवाहिक जिवनमा बाँधिए। एक महिनाको बसाईपछि चैत्रमा ति युवतीलाई आफ्नो माईत पठाएर महत कामको लागी भनेर पोखरा आए। मिठो र नम्र वोली,देख्दा भलाद्मी देखिने महत ठग होला भनेर कसैले पनि सोचेका थिएनन्।
पोखरा आएर पनि कास्की कोटकी एक युवतीलाई आफ्नो जालमा पारे । जसरी मकवानपुर भिमफेदी कारागारमा ति युवतीका दाई र परिवारलाई झुटो कुराले फकाए त्यसैगरी कास्कीमा पनि अर्की एक युवतीका परिवारलाई त्यही माध्यम प्रयोग गरे। महतले युवतीकी दाईसँग चिनजान गरे। सामान्य चिनजानपछि उनकी दाईलाई आफू छिटै विवाह गरेर केटीलाई अमेरीका लैजाने भन्दै केटी खोजिदिन आग्रह गरे। युवतीका परिवार पनि उनको विहे गरिदिने विचारमा थिए।
महतले आफ्नो परिवार र श्रीमतीको घट्नामा मृत्यु भएको, आफू अमेरीकाबाट आएको र नेपालमा आफ्नो धेरै सम्पती रहेको भन्दै युवतीका परिवारलाई प्रलोभनमा पारे। यतिको केटा पाए ठिकै हुन्छ भनेर युवतीका परिवारले महतसँग विहे गराईदिने कुरा चलाए । उनीहरुको विहे हुने पक्का भयो । त्यपछि युवतीका परिवारले विन्ध्यवासिनीबाट विहे गरेर दिने निर्णय गरे। तर महतले आफ्नो पहिलो श्रीमती पनि त्यहीबाट विहे गरेर लगेको भन्दै अर्कै मन्दिरमा विहे गर्ने प्रस्ताव राखे। महतको प्रस्ताव सहजै स्वीकार्दै उनीहरुको विहे २०७० साल वैशाख ३ गते कास्कीको हेम्जास्थित शिवमन्दिरबाट भयो। महतले विहे गरेको ५ दिनसम्म ति युवतीलाई पोखरामै राखे। बैशाख ९ गते काठमाडौबाट अमेरिका जाने भन्दै महतले ति युवतीलाई लिएर उनको परिवारसँग विदा मागे।
पृथ्वीचोक आएपछि महतले काठमाडौमा कागजपत्र मिलेन भन्दै चितवन भैरहवा हुदै भारतवाट अमेरिका जाने कुरा युवतीलाई राखे। ति युवतीले पनि हुन्छ भन्दै उनको कुरा स्वीकार गरे। बस छुट्ने वेला भयो भन्दै युवतीले घरमा एक पटक फोन गर्छु भनिन् तर महतले दिएनन्। घरमा फोन गर्न किन नदिएको होला भन्दै युवतीको मनमा शंका बढ्न थाल्यो। चितवनबाट वुटवल जाने क्रममा बाटोमा पिसाव फेर्न बस रोकेपछि ति युवतीले त्यही वेला मौका छोपेर पोखरा दाईलाई फोन गरिन्। त्यपछि दाईहरु ट्याक्सी लिएर हाकिदै वुटवलतर्फ लागे।
फेरी युवतीले केही घण्टापछि आफू बुटवल नजिकै मगलापुरको एक ग्यारेजमा रहेको भनि दाईलाई फोन गरिन्। दाईहरु त्यही पुगे, उनीहरु आएको देखेर महत त्यहाँबाट भागे। ति युवती आफ्नो दाईसँग पोखरा फर्किन्।
यही जेठ ५ गते महतलाई कास्की प्रहरीले पक्राउ गरेको छ भनी ति युवतीका परिवारले जानकारी पाए। हो कि होईन भनेर बुझ्न आउँदा महत नै रहेछन्। त्यसपछि युवतीले जेठ ७ गते महतविरुद्ध मानव वेचविखनको जाहेरी दिईन्। महत अहिले कास्की प्रहरीको हिरासतमा छन्। थप अनुसन्धान भईरहेको कास्की प्रहरी जनाएको छ। समाचार जिल्ला प्रहरी कार्यालय कास्की र मानव वेचविखन अभियोग लागेका श्याम महतको आधारमा तयार पारिएको हो ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस