Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

लुम्बिनी गेट निर्माणको लागि विद्यार्थीहरुबाट जनही रु १ संकलन

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ३० फागुन । लुम्बिनी गेट निर्माणको लागि सरकारलाई सहयोग पुर्याउन विद्यार्थीहरुले आफ्ना खाजा रकमबाट कटौति हुने गरी जनही रु १ प्रदान गरेका छन्।

प्रिसियस नेशनल कलेज, म्हैपीको प्राङ्गनमा विद्यार्थीहरुले सोमवार लुम्बिनी गेट निर्माणको लागि रू. ४१५ संकलन गरी प्रदान गरेका छन्। यस अघि, काठमाडौंमै गोकर्णेश्वर महादेव मावि, सहयोगी उच्च मावि, युथ भिजन सेकेण्डरी स्कूल र श्वर्ण शिक्षा इ. स्कूलका विद्यार्थीहरुले पनि खाजा रकमबाट अन्दाजी थप १००० रुपैयाँ संकलन गरेको थियो।


तस्वीर सौजन्यः कविताराम श्रेष्ठ

लुम्बिनी गेट निर्माणको लागि विद्यार्थीहरुबाट जनही रु १ संकलनको शुरुवात लुम्बिनी गाउँको बुद्ध आदर्श उच्च माविबाट फल्गुण ११ गते देखि भएको थियो।

भारतीय नाकाबाट नेपाल आएर लुम्बिनी भ्रमण गर्ने विदेशी पर्यटकलाई यो नेपालको भूमि हो भन्ने ज्ञान दिने कुनै किसिमको संकेत सिमानादेखि लुम्बिनी परिसरसम्मै कुनै पनि निकायबाट व्यवस्था नगरिएको हुँदा फल्गुण ११ गते लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका भ्रमण टोलीले लुम्बिनी परिसरको गेट नं ६ मा नेपाल हो भन्ने अनुभूति गराउने लुम्बिनी भ्रमण वर्षको फ्लेक्स व्यानर टाँसेको थियो जसमा Welcome to Nepal the Birthplace of Lord Buddha भन्ने वाक्यांश अंकित थियो। तर यो अस्थायी प्रकृतिको भएको हुंदा यसै अभियानका अभियन्ता स्काउट दूत किशोर कुइंकेलले भारतीय सीमायता स्पष्ट नेपाल प्रवेशको अनुभूति दिने स्थायी स्वागतद्वार बनाउन सरकारलाई सघाउने योजनासाथ स्थानीय बुद्ध आदर्श उच्च माविका विद्यार्थीहरुबाट खाजा रकमबाट रु १ को चन्दा आह्वान गरेका थिए।

विद्यार्थीहरुले हार्दिकतासाथ सहयोग गरेर रु १०० जति चन्दा संकलन भएको थियो। यो अभियान देशका अरु विद्यालयमा पनि निरन्तरित हुने घोषणा त्यसै बेला प्रस्तावक विद्यार्थीले गरेका थिए। संकलित रकम सरकारलार्इृ औपचारिक रुपमा हस्तान्तरण गर्ने योजना रहेको छ।

राष्ट्रियताको मामलामा संवेदनाहीन रहेको सरकार र सम्बद्ध लुम्बिनी विकास कोषलाई यो चोटिलो व्यंग्यात्मक दवाव हुने बुद्धिजीविहरुको मूल्याङ्कन छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by