Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पूँजीवादी संकट र उत्पन्न आजका परिदृष्यहरु

लोकनारायण सुवेदी –
बिश्व पूँजीवादी संकटका कारण अमेरिकी  तथा पश्चिमा पूँजीवादी देशहरुको अर्थब्यवस्था कमजोर हुनुका साथसाथै  साम्राज्यवादको आक्रामक प्रबृत्ति र सैन्यवाद निरन्तर जारी रहेको छ।

यस परिस्थितिमा अमेरिकी साम्राज्यवादले आफ्नो बर्चश्व कायम राख्नका लागि अझ बढी प्रयत्न गर्दै रहेको देखिएको छ । त्यसैले अमेरिकाले बिश्व प्रभुत्वका लागि नाटो सैनिक संगठनको उपयोग गरिरहेको र गर्दै जाने स्थिति छ । शान्तिको कुरा गर्दै सत्तासीन भएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले २००८ मा ३०,००० अतिरिक्त सेना अफगानिस्तानका पठाएका थिए । तर  तालिबानका बिरुद्धको लर्डाईमा कुनै खाश प्रगति भने हुन सकेन । नाटोमा सामेल भएका अमेरिकाका अधिकांश सहयोगीहरुले त्यहाँबाट आफ्ना सेनाहरु फिर्ता गर्न शुरु गरे । अमेरिकाले पनि के घोषणा गर्‍यो भने २०१४ सम्मा आफ्ना लडाकु सेनाहरु अफगानिस्तानबाट हटाइने  छ। तर, अमेरिकाको मनसुवा भने त्यसपछि पनि त्यहाँ आफ्ना सैनिक अखडाहरु कायम राख्ने नै रहेको छ । जुन अखडामा २५००० अमेरिकी सैनिक तैनाथ रहने छन् ।

यसै बीच अमेरिकाले तालिबानसँग मुकाविला गर्नका लागि अफगानिस्तानी सेना खडा हुने आशा पनि गरेको हो । उसले के कोशिश गर्दै आएको थियो भने अफगान सीमाबर्ती प्रान्तहरुलाई अतिबादी शक्तिहरुबाट मुक्त गराउने माध्यमबाट पाकिस्तानी सेना ‘आतंकबादका बिरुद्धको युद्ध’ को अग्रिम मोर्चामा आउने छन् । तर अमेरिकाको यो कोशिशले निकै कठिन बाटो भएर गुज्रिनुपर्‍यो । अहिले पनि पाकिस्तानी सरकार र अमेरिकीको सम्वन्ध निकै तनाबयुक्त बनेको छ । पाकिस्तानी सेनाले पाकिस्तानका सीमाबर्ती इलाकाहरुमा जमेर बसेका कतिपय अतिबादी गुटहरुका बिरुद्ध कारबाही गर्न अस्वीकार गरिदिएको छ ।अफगानिस्तानसँग जोडिएका सीमा चौकीहरुमा अमेरिकी अवाई हमलामा २४ पाकिस्तानी सैनिकहरु मारिन जाँदा दुइ देशका बीच निकै ठूलो धाँजा पर्न गएको देखिन्छ । पाकिस्तानले अफगानिस्तानका लागि नाटोलाई सैनिक बन्दोबस्तका सामाग्रहरु आपर्ूर्ति गर्न सडक मार्ग अबरुद्ध पारिदियो भने मानबरहीत ड्रोन हमला गर्न जाने अमेरिकी बिमान चल्ने बिमान स्थल पनि बन्द गरिदियो । यसरी अमेरिकाले हस्तक्षेप गरेको एक दशक पछि पनि त्यो क्षेत्र आजसम्म पनि अस्थिर नै  बनेको छ । अनि तथाकथित ‘आतंकबाद बिरुद्धको युद्ध’ ले आतंकबाद तथा अतिबादलाई अझ भड्काउने काम मात्रै गरिरहेको देखिन्छ।

अमेरिकाले अफागानिस्तान पछि लीबियामा सैनिक हस्तक्षेपका लागि नाटोको उपयोग गर्न पुग्यो। कर्णेल कद्दाफीको शासन सत्ता पल्टिएपछि  र कद्दाफीको नृशंस हत्या गरिए पछि, लीबिया अब पश्चिमा शक्तिको प्रभाव क्षेत्र बन्न पुगेको छ । अब यसपछिको तारो सीरिया बनेको छ । त्यो देश यस क्षेत्रमा बचेको एक मात्र धर्मनिरपेक्ष देश हो । नाटोमा सम्मिलित र्टर्कीलाई सैनिक अखडा बनएर सीरियामा गुह युद्ध भड्काउने जुन कोशिश गरिदैछ त्यसको एउटै उदेश्य देखिन्छ कि सीरियामा अहिलेसम्मसाम्राज्यावादी आदेशहरुको अस्वीकार गरिदिएकोले अब त्यहाँको ‘सत्ता नै बदलि दिने’ फिराकमा अमेरिकी साम्राज्यावाद लागेको  छ । सीरियापछि इरानलाई तारो बनाउने तयारी चलिरहेको छ । जुन देश पश्चिम एशियाको एउटा बिशाल तेल तथा ग्याँस सम्पन्न एक मात्र देश हो र त्यो देश यतिबेलासम्म साम्राज्यवादी दायराभन्दा बाहिर छ । इरानका बिरुद्ध अमेरिकाद्वारा लगाईएको प्रतिबन्धमाथि थप, एक शत्रुतापूर्ण कारबाहीको गर्दै यूरोपेली संघले १ जुलाई २०१२ देखि इरानी तेलको आयातमा प्रतिबन्ध लगाउने निर्णय लिइसकेको छ।

इराकमा पनि आठ बर्षम्मको अमेरिकाको अन्धाधुन्ध हमला र कब्जा पछि पनि त्यहाँ बर्तमान इराकी सरकारले एकातिर अमेरिकी सेना आउँदा दिनमा पनि राख्ने र सैनिक अखडा जमाउने कुारालाई अनुमोदन गराउन इराकी सरकार असफल भए पछि बल्ल अमेरिकाले आफ्ना सेना इराकबाट हटाएको छ । तर अब अमेरिका इराककै नजिक कुवेतमा आफ्नो अझ ठूलो सैनिक अखडा राख्ने तयारी गरिरहेको र फारसको खाडीमा आफ्नो नौसैनिक उपस्थिति बढाउने तयारी गरिरहेको छ।

लीबियामा गराएको सत्ता परिवर्तनको उपयोग अब अमेरिकाले अफ्रिकामा  आफ्नो रक्षालाई अघि बढाउनका लागि गर्न चाहेको प्रष्टै देखिएको छ । स्मरणीय छ कि अफ्रिकामा अमेरिकाको फौजी उपस्थिति बढिरहेको छ र अमेरिकाले अप्रिकी कमान (अफ्रिकोम) खडा गरिसकेको छ । अमेरिकाले अफ्रिकाको सबैभन्दा ठूलो देश सुडानलाई बिभाजनको माध्यमबाट नयाँ देश-दक्षिणी सुडानको गठनको पनि उपयोग गर्ने कोशिश गरिरहेको  छ । अमेरिका त्यहा अफ्रिकोम अन्तरगत एउटा ठूलो सैनिक अखडा कायम गर्ने उम्मेद राखेको देखिन्छ।

अमेरिका एशिया-प्रशान्त क्षेत्रमा पनि आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ ।  चीनलाई घेर्ने आफ्नो पुरानो रणनीतिक उपक्रम अनुरुप यस क्षेत्रमा गठबन्धन बनाउने कार्यमा अमेरिका लागिरहेको छ । उसको मान्यता के रहेको देखिन्छ भने आउँदो दशकमा उसका लागि चीन नै मूख्य रणनीतिक खतरा बन्ने छ । त्यसैले अमेरिकाले आफ्नो यस रणनीतिक इरादालाई पूरा गर्नका लागि जापान, अस्ट्रेलिया र भारतलाई आफ्ना सहयोगी र साझेदाररुपमा आज हेरिरहेको छ।

राष्ट्रपति ओबामाले जतिबेला सत्ता सम्हालेका थिए त्यतिबेला स्वयमलाई एउटा शान्ति कायम गर्ने शान्ति दूतको रुपमा प्रस्तुत गर्न खोजेका थिए । तर समय बित्दै जाँदा उनको त्यो घोषणा ब्यवहारमा खाक्रो सावित हुन कुनै बेर लागेन । अन्ततः ओबामाले पनि पहिलेकै जस्तो अमेरिकी शासक बर्गकै स्वार्थ अनुरुप चल्नु पर्ने थियो र चले । त्यसै कारणले उनले अफगानिस्तानमा थप सैनिक पठाए, फ्रान्स र बृटेनसँग मिलेर लीबियामाथि हमला गरे । नाभियकीय मुद्धा या परमाणु कार्यक्रमलाई बहाना बनाएर अहिले इरानका बिरुद्ध तीब्र तनाब पैदा गरिरहेका छन् । मात्रै परिवर्तन के आयो भने पश्चिम एशिया तथा बिश्वका अन्य मुद्दाहरुमा संयुक्त हस्तक्षेपका लागि यूरोपका आफ्ना सहयोगीहरुलाई साथ लिएर कसरी चल्नु पर्दछ भन्ने कुरामा राष्ट्रपति ओबामाको शासनमा बरु सचेतरुपले नै कोशिश गरियो। पुरानै साम्राज्यवादी ब्यवस्थाको सामुहीक हतियारको रुपमा नाटोको उपयोगले यसै कटु यथार्थ र उनीहरुका बीचको सहयोगलाई प्रतिबिम्बित गरेको र औंल्याएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by