एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २० जेठ। ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ केन्द्रीय समारोह समितिमा थप नौजना स्रष्टालाई सदस्य मनोनीत गरिएको छ। नव मनोनीत सदस्यहरुमा गैरआवसीय नेपाली सङ्घका केन्द्रीय अध्यक्ष जीवा लामिछाने र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गीता खत्री रहेका छन्।

त्यसैगरि ईल्या भट्टराई, मणिराज सिंह, रजनी ढकाल, डा.लक्ष्मणप्रसाद गौतम, विश्वविमोहन श्रेष्ठ, शारदा सुब्बा र ज्ञानेन्द्र विवश पनि केन्द्रीय समारोह समितिको सदस्यमा मनोनीत हुनुभएको छ।

साथै चौध अञ्चलमा गठित विश्व नारी नेपाली साहित्य सम्मेलनका अध्यक्षहरु केन्द्रीय सदस्यमा रहने प्रावधान गरिएको छ। केन्द्रीय समितिको सदस्यको संख्या अब ५५ जना पुगेको छ। विश्व नारी नेपाली साहित्य सम्मेलनको केन्द्रीय सम्मेलन २०७० साल चैत महिनामा गरिने निर्णय भएको छ। साथै असोज महिनाभित्र जिल्ला सम्मेलन र मङ्सिर महिनासम्ममा अञ्चल सम्मेलन सम्पन्न गर्ने पनि बैठकले निर्णय गरेको छ। विश्व नारी नेपाली साहित्य सम्मेलनका केन्द्रीय अध्यक्ष प्रा.डा.गार्गी शर्माको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो।

विश्व नारी नेपाली साहित्य सम्मेलन सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार १४ अञ्चलका ६१ जिल्ला र मुलुकबाहिर १८ राष्ट्रमा विश्व नारी नेपाली साहित्य सम्मेलनको स्थापना भैसकेको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस