विवादै विवाद र आलोचित हुदै सकियो चलचित्र महोत्सव
भव्य रुपमा सम्पन्न भएको आयोजकको दाबी
चलचित्र महोत्सवका १० कुरा

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, हात्ति आयो हात्ति आयो फुस्सा भने झै भयो धरानमा आयोजना भएको दोस्रो रारिष्ट्रय चलचित्र महोत्सव २०७० धरान। मोफसलका दर्शक र नेपाली चलचित्रको बीचको दूरी घटाउने उद्धेश्यका साथ चलचित्र बिकाश बोर्डको आयोजना गरे।


बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता पप्पु, तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

राष्ट्रिय चलचित्र महोत्सव यतिबेला सर्वत्र आलोचित र बिबादित बनेको छ। धरानमा सम्पन्न महोत्सव समापन हुनु भन्दा अगावै महोत्सव असफल बनेको धेरैको विश्लेषण गरेका छन्। बिकाश बोर्डले यस्तो कार्यक्रमको आयोजना गर्दा अधिकांश चलचित्रकर्मीको साथ र सहयोग नपाउने निश्चित प्राय छ। सुर्खेतमा भएको पहिलो महोत्सवमा पनि बिरोध भएको थियो तर धरान महोत्सव पहिलो भन्दा अझ बढी बिबादित र आलोचित बन्न पुग्यो। साना साना कुरामा समेत व्यवस्थापनमा कमजोर भईदिदा महोत्सव निरास र खल्लो बन्न पुग्यो।

महोत्सवमा यस्तो देखियोः

१. सबै कलाकार निमार्ता निर्दशकलाई काठमाडौंबाट गाडीमै धरान लाने भनिए पनि करिब १०० जनाको टोली गाडीबाट शुक्रबार रातको साढे ११ बजे धरान आइपुगेका थिए। सुमिना घिमिरे, नीता ढुंगाना, सुष्मा कार्की, अशिस्मा नकर्मी, अनु शाह, राजबल्लव कोइराला, यसराजलगायतका कलाकार गाडीमै आएका थिए भने शनिबार बिहान रेखा थापा, श्रीकृष्ण श्रेष्ठ, जीवन लुईटेल, भुवन के.सी, शिव श्रेष्ठ, श्वेता खड्कालगायत दुई दर्जनको कलाकारलाई प्लेनबाट ल्याएपछि महोत्सव सुरु दिनमै विवादित बन्यो।

२. दिनभरको यात्राले थकित भएर धरान आएको टोलीलाई सहज व्यवस्थापन गर्न नसक्दा रातको समयमा १ घण्टा झरीमा भिज्दै बाहिर बस्न बाध्य भए। कोठाहरुको व्यवस्थापन समयमा नहुदा धेरै कलाकारले सुत्न रुम नपाए र भानु चौकमा अलपत्र परेका दृश्य देखिएका थिए भने अन्त्यमा व्यवस्था गरेका कोठाहरुसमेत अपुग हुदा कतिपय एउटैै कोठामा कोचिएर सुत्न बाध्य भएका थिए। महोत्सवको लागि दिन भर गाडीको यात्रामा गरेर थकित भएका कलाकारहरु धरान टेक्न साथ यस्तो भईदिदा अधिकांशले बिरोधको आवाज उठाएका थिए।

३. उद्घाटन कार्यक्रमको दिन कति बजे के गर्ने भन्ने तालिका नहुदा सबै अलमल्ल परेका थिए। बोर्ड र स्थानीय संयोजक अनामबीच तालमेल राम्रो नबन्दा खाजा खाना खुवाउने ठाउं बारे सबैलाई जानकारी हुन सकेन। ढिलो गरि निकालिएको नगर परिक्रमामा कुनै नायिकाको उपस्थिति थिएन भने अन्य कलाकारलाई भोकै कायक्रम स्थल पुर्याएको थियो। उद्घाटन कार्यक्रम सुरु भएपछि करिब ३ बजे तिर कार्यक्रम स्थलको खुल्ला चौरमा उभिएर कलाकारहरुले खाना खाएका थिए भने सौच पनि खुल्ला ठाउंमै गर्न बाध्य भएका थिए।

४. कायक्रमको अवधिबीच स्थानीय आयोजक र बोर्डका पदाधिकारीबीच सानो भन्दा सानो कुरामा समेत विवाद र झगडा भएको थियो। बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता पप्पुको फोन अधिकांश समय अफ थियो भने स्थानीय अनाममा सदस्यहरुले पनि बोर्डसंग रिसाएका थिए। कायक्रम स्थलमा स्वयम् सेवकहरुबीच कुरा नमिल्दा झन्डै कुटाकुट नै भएको थियो। काठमाडौबाट कलाकार आउदा खाना खाजा खाएको भन्दै संचारकर्मी प्रकाश सुबेदीले दुई लाख पचास हजारको बिल पेश गरेपछि स्थानीय आयोजकका सदस्यसंग झण्डै कुटाकुट भयो। अनामका सदस्य विनोद सुब्बाले प्रकाशलाई कुट्न छोपेपछि अन्य कलाकारले छुट्याएका थिए।

५. उद्घाटन कायक्रम दिनको बेलुकी कलाकारहरुलाई ाना एन.प्याब्सनले धरान रिक्रियसन सेन्टरमा व्यवस्था गरेका थिए। तर यो बारे जानकारी नहुदा कतिपय कलाकार भोकै बस्न बाध्य भए पनि कतिपयले आफ्नै खर्चमा खाना खाए। वोर्डका अध्यक्ष पप्पु, भुवन के.सी शिव श्रेष्ठ लगायतका केही सिमित कलाकार धरानको पञ्चकन्या रिसोर्टमा नेपाली सेनाको पूर्वी पृतनाले आयोजना गरेको पार्टीमा मदिरामा मस्त भएका थिए भने अधिकांश निर्माता हल संचालक, निर्देशकहरुले भने आफ्नै खर्चमा खाना र वस्नको व्यवस्था गरेका थिए।

६.बोर्डको रबैयाको बिरोध गर्दै गोबिन्द शाही, सुनिल रावल, मदनमान बज्रचार्य, गोपाल कायस्थ, शंकर बि.सीलगायतका अधिकांश कलाकारहरु आफ्नै खर्चमा काठमाडौं फर्केका थिए। कुनै पनि संस्थाको अध्यक्षको उपस्थिति नरहेको कार्यक्रमको तिनै संस्थाका प्रतिनिधिको रुपमा आएका चलचित्रकर्मीहरुले बहिस्कार गरेका थिए।

७. रुम छाडेर काठमाडौं फर्कन खोज्दा कतिपय होटेल संचालकले पैसा नतिरी जान दिएनन् भने कतिपयले सुत्न बाहेक पानीको समेत पैसा स्वयम् तिर्न भनेर आयोजकले भनेको बताएका थिए। सिमित टोलि आइतबार बिहान भेडेटार घुम्न पुग्दा धरानमा रहेका अधिकांश पत्रकार चलचित्रकर्मीको बिचल्ली भएको थियो। उता रत्ना इन् होटेलमा राखिएका नायिकाहरु नीता ढुंगाना, अनु शाह, सुष्मा कार्की आफूहरुलाई सोधपुछ गर्न समेत कोहि नआइदिदा चिन्तित बनेका थिए भने बेकारमा कार्यक्रममा आएको भनेर पछुत मान्दै काठमाडौ फर्कने वेलामा आफूलाई आयोजकले अलपत्र छाडेको गुनासो गरे। काठमाडौं फर्कन खोज्नेको लागि गाडी समेत उपलब्ध दिउसो मात्रै गरिएको थियो। कोही प्लेन र गाडी गरेर अधिकांश काठमाडौं फर्कदा शनिबारदेखि धरानमा सुरु भएको तीनदिने राष्ट्रिय चलचित्र महोत्सव दोस्रो र तेस्रो दिन धरान सुनसान भएको थियो।

८. कार्यक्रम अन्तर्गत रहेको फिल्म प्रदर्शनी र चलचित्र सम्बन्धी अन्तरक्रिया पनि व्यवस्थित बन्न सकेन। दुई सिनेमा घरमा दुई सो गरेर चार फिल्म देखाउने कार्यक्रम भए पनि बिहान शिरिषको फूल र बेलुका बोक्सी मात्रै प्रदर्शन गरियो। आयोजकले आफूलाई पूर्णरुपमा बेवास्ता गरेको भन्दै बरिष्ठ चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा बिहानै हिंडेपछि कार्यशालाका लागि भनेर उद्योग वाणिज्य संघको हलमा भेला भएका कलाकार अलपत्र परेका थिए। अन्तर्क्रियामा अनुप सुवेदी, दीपक श्रेष्ठ, सुरज सूब्बाबाहेक अन्य चलचित्रकर्मी एवं निर्माता, निर्देशकहरु देखा परेनन्। कार्यशालामा स्थानीयहरु सहभागी भए पनि बोर्डका अध्यक्ष नै देखा परेनन्।

९.बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता पप्पु सम्पर्क बिहिन भए। बजेटसहित आएका पप्पु गायब हुदा स्थानीय आयोजक झनै रिसले क्रुद्ध बनेका थिए। यस्तो प्रकारले महोत्सव गरेपछि बोर्डले केवल बजेट सक्न मात्रै कायक्रम गरेको अधिकांशको प्रतिक्रिया थियो। सवारी साधन, होटेलदेखि लिएर खानासम्म भेदभाव गरिएपछि चलचित्रकर्मी र विभिन्न संस्थाका प्रतिनिधिहरुले काठमाडौं गएका थिए।

१०. समाचार सम्प्रेषणको लागि काठमाडौंबाट ल्याईएका तथा स्थानिय पत्रकारहरुलाई इन्टरनेटको सुबिधा दिने बताईए पनि सो हुन नसक्दा अधिकांश पत्रकारले न्युज अपडेट गर्न पाएनन्।

महोत्सवले स्थानीय स्तरमा पर्यटन पर्वद्धन गर्ने तथा आर्थिक विकासमा सहयोग गर्ने भनिए पनि कार्यक्रम व्यवस्थित नहुंदा धरानमा नामनै बद्नाम भएको स्थानीयहरुको आरोप छ। वोर्डले स्थानीय व्यवस्थापक तथा स्थानीय सरोकारवालाहरुसंग सहकार्य गरेको कारण कार्यक्रम आलोचित र विवादित भएको स्थानीय फिल्म निमार्ती भिष्मा चेम्जोंगले वताइन्। कार्यक्रमको स्थानीय संयोजकको रुपमा रहेका धरान नगरपालिकाको समेत कार्यक्रममा उपस्थिती कुनै कार्यक्रममा देखिएको थिएन। धरानमा अहिलेसम्म भएको अन्य कार्यक्रमभन्दा पनि सबै भन्दा ठूलो कार्यक्रमको रुपमा लिएका चलचित्र महोत्सव विवादित तथा सवैभन्दा वढि आलोचित हुदै सकिएको छ।

महोत्सव भव्यरुपमा सम्पन्न भएको आयोजकको दावीः
महोत्सव आलोचनामै सकिएपनि आयोजक चलचित्र विकास वोर्डले भने महोत्सव भव्यरुपमा समापन भएको दाबी गरेको छ। समापन कार्यक्रममा वोल्दै वोर्डका अध्यक्ष पप्पुले सवैतिर आलोचना भए पनि कार्यक्रम भव्य र सभ्य रुपमा भएको भन्न समेत पछि परेनन्। पत्रकारहरुले आलोचना गरे पनि प्रचार गरेका भन्दै धन्यवाद दिन भ्याएका उनले केही चलचित्रकर्मी कार्यक्रम भाड्ने योजनामा आएको र उनीहरुका मात्र कुरा सुनेको भन्दै आपत्ति समेत जनाए। नयाँ कलाकारको मात्र कुरा सुनेको र पुराना चलचित्रकर्मीहरुको कुरा समेत सञ्चारकर्मीले नसुनेको उनको भनाई थियो।

महोत्सवका कार्यकारी निर्देशक तथा अनाम धरानका अध्यक्ष विनोद श्रेष्ठले भने सोचेअनुरुपको रकम संकलन नहुंदा समस्या भएको बताए। समापन कार्यक्रममा उनले १५ लाख वोर्डको र स्थानीय स्तरवाट १० लाख रकम संकलन गर्ने लक्ष्य राखिएको भए पनि स्थानीय स्तरवाट ३४ हजार मात्र संकलन भएको कारण समस्या भएको जानकारी दिए। उनले पनि कार्यक्रम राम्रो भएको वताउदै उनले के पायौ भन्दा पनि के दियौं भन्नेतर्फ सोच्नु पर्ने बताए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस