सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, नायिका रेखा थापाले सक्रिय राजनीतिमा लाग्ने उद्घोष गरेकी छिन्। केही दिन अगाडि औपचारिक रुपमा एकीकृत माओवादीमा प्रवेश गरेकी नायिका रेखा थापाले धरानमा पत्रकार सम्मेलन गर्दै त्यस्तो उद्घोष गरेकी हुन्। उनले अब हुने संविधानसभाको निर्वाचनमा प्रत्यक्ष तर्फबाट सभासदमा चुनाव लड्ने घोषणा समेत गर्न भ्याइन्।

राष्ट्रिय चलचित्र महोत्सवकामा सहभागी हुन धरान आएकी रेखाले पत्रकार सम्मेलनमा बोल्दै आफू देशको प्रधानमन्त्री बन्ने इच्छा रहेको समेत खुलाइन्। देशको जुनसुकै क्षेत्रबाट पनि चुनाव लड्न सक्ने उनको भनाइ थियो। हाल काठमाडौ बस्ने रेखा मोरङ क्षेत्र नं. २ मा पर्ने सलकपुर-९ की हुन्।

आफ्ना बुवाको नाममा ‘प्रेम फाउण्डेसन’ नामक सामाजिक काम गर्ने संस्था मार्फत सामासजिक सेवामा लाग्ने समेत जानकारी दिइन्। देशको सेवा गर्न पहिलादेखिको चाहना रहेको भन्दै उनले देशको नीति निर्माणको तहमा पुगेर पछाडि परेका महिला र बालबालिकाका लागि काम गर्ने बताइन। सभासद, प्रधानमन्त्री जे भएपनि फिल्म निर्माण गर्न भने नछाड्ने उनको भनाइ थियो। राजनीतिमा पनि मेहनत गरेर स्थापित हुने उनले भनिन्। राजनीतिमा साम, दाम, दण्ड, भेद लगाउनु पर्छ भन्ने पनि बुझेकी छु।’

उनले आफूलाई अलि छोटो स्कर्ट लगाउँछे भनेर बढि चर्चा हुने गरेको भए पनि आफूले अहिलेसम्म त्यस्तो ननभेज् किस वा अरु कुनै दृष्य नभएको उनले खुलाइन्। आजकल ननभेज फिल्म बढि बन्न थालेको भन्दै आफू कहिल्यै त्यस्ता ननभेज् फिल्म नबनाउने बताईन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस