निमकान्त पाण्डे / एचकेनेपाल डट कम-
अबुधाबी, १८ जेष्ठ। गत शनिबारदेखि परिवारको सम्पर्क बाहिर रहेका मोरङ, बाराङ्गि गाबिस वडा नं.६ का ओमबहादुर लिम्बू ८० प्रतिशत जलेको अबस्थामा अबुधाबीको मफ्रक अस्पतालमा फेला परेका छन्।

कम्पनीको कामको सिलसिलामा बिभिन्न ठाउमा डिउटी गर्दै आएका लिम्बु अचानक परिवारको सम्पर्कबाट बाहिरिएका थिए भने अचानक कम्पनीबाट तपाईको मान्छे दुर्घटनामा परेका छन्, अहिले उनलाई आईसियुमा राखिएको छ भनी काठमाडौँ रहेका निजका आफन्तलाई फोन सम्पर्क गरेका थिए। आइसियूमा रहेको खबर पाएपछि परिवार छाँगाबाट खसे जसो अबस्थामा पुगेको थियो। दुई बच्चाका बुवासमेत रहेका लिम्बु हाल अबुधाबीबाट करीब १५० किमी रोयस नजिकै लिवा भन्ने ठाउँमा कोरियन कम्पनीभित्र स्प्रेपेन्टरका रुपमा कार्यरत थिए।

ठूलाठूला टेङ्कीहरुमा पेंटिंग गर्ने क्रममा अकस्मात जेनेरेटरबाट आगो निस्किदा उनले काम गरेको ठाउंमा आगलागी भएछ। साँझ काम सकिएर डेरामा जान सबै गाडीमा आएर बसे। तर, उनी गाडीको सिटमा नहुंदा सगै काम गर्ने साथीहरुले उनले काम गर्ने ठाउमा गई हेर्दा आगोले जलिरहेको अचेत अबस्थामा भेटेपछि तुरुनै एम्बुलेन्समा राखी अबुधाबीको अलमफ्रक हस्पिटलमा भर्ना गरिएको थियो।

घरमा आइसीयुमा राखेको खबरले पिरोलेको परिवारले कुबेतमा कार्यरत दाजुलाई भाईको घटनाबारे जानकारी गराएपछि आरसी सुब्बाले तत्कालै एनआरएन युएई अध्यक्ष चन्द्रबहादुर रोकह र युएईमा क्रियासिल पत्रकार निमकान्त पाण्डेलाई जानकारी गरी सहयोगको अपिल गरेका थिए।

निजका आफन्तले दिएको सूचनाको आधार घाईतेले युएई आउदा दुबईको अलकोज भन्ने ठाउमा कार्यरत छु भन्ने आधारमा लेखिएको अपिललाई युएईमा रहेका संघ सस्थाका फेसबुक संजाल मार्फत सबैलाई अपिल गरिएको थियो। युएईका समाजसेबीहरुबाट कुनै फोन नआएपछि पीडितहरु अत्यन्तै निरस भै रहेको अबस्थामा युएईमा क्रियाशील संगठन नेपाली जनप्रगतिशील मंच अबुधाबी क्षेत्रीय अध्यक्ष नेत्र अर्याल र प्रगतिशील मजदुर मंचका उपाध्यक्ष बल बहादुर बि.क.ले लिम्बुलाई भेटेर नेपालमा रहेका परिवार र युएईमा रहेका निजका ज्वाई चन्द्र कुमार लिम्बुलाई फोन गरि बिमारीको अबस्था बारेमा जानकारी दिएका थिए।

काम गर्ने कम्पनीको सम्पर्क नम्बर एनआरएन युएई अध्यक्ष चन्द्र बहादुर रोकहलाई जानकारी गरी औषधि उपचारका लागि राम्रो पहल गरिदिन आग्रह गरे अनुसार अध्यक्ष रोकाहले कम्पनीको मेनेजरसित सम्पर्क गरि सबै कुराको पहल गरेको जनाइएको छ।
निजका ज्वाई चन्द्र कुमार लिम्बुले शुक्रवार घाइतेलाई भेटेका छन्। लिम्बूले दिएको जानकारी अनुसार हिडडुल गर्न नसकेतापनि दोहोरो कुराकानी भएको उनले बताए।

‘मानब धर्म यहि नै हो’, डिउटीबाट बचेको समय हस्पिटलमा कोही नेपाली छन् कि भदै हस्पिटल पुगेका, बिक र अर्याल अबुधाबीका धरै जसो समस्या समाधान र उद्दारमा जुटेकै हुन्छन् महिलाहरुको समस्या होस् या हृदयघात, दुर्घटना होस् राहतको पहल छिटै गरि सहयोगी कदम उठाउछन्। युएईका कार्यक्रमहरुमा घाँटी फुलाउदै चर्को भाषण गर्नेहरुले समाजसेबीको दर्जा पाउन कुनै गाह्रो छैन तर, वास्तबिक समाजसेवीको चर्चा युएईभित्र कमै हुने गरेका छन् भन्ने दुई मत छैन।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस