एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १५ जेठ। सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको दिन अर्थात हरेक वर्षको मे २९ मा हुँदै आएको तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनको उपाधि यो वर्ष रामकुमार राजभण्डारीले जितेका छन्।

काठमाडौंका राजभण्डारीले सगरमाथाको आधार शिविरदेखि नाम्चेबजारसम्मको ४२ किलोमिटर मिटरको दूरी ३ घण्टा ५९ मिनेट ४५ सेकेण्डमा पुरा गरेका हुन्। प्रतियोगितामा डिबी कुलुङ दोस्रो र नेपाली सेनाका तीर्थ तामाङ तेश्रो भए।

पहिलो हुने राजभण्डारीले १ लाख रुपैयाँ, कुलुङले ७५ हजार रुपैयाँ र तेश्रो हुने तामाङले ५० हजार रुपैयाँ पुरस्कार पाए।

तस्वीर: विकास कार्की



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस