एचकेनेपाल डट कम संवाददाता-
मास्टरपिसले ७ दिनसम्म ईजिप्टमा आयोजना गरेको बुटक्याम्प सम्पन्न भएको छ। बिभिन्न्न १९ देशवाट स्थानीयस्तरमा शान्तिको लागि काम गर्ने प्रतिनिधिहरु सहभागी भएको उक्त क्याममा बिभिन्न देशका प्रतिनिधिहरुले आफ्ना अनुभवहरु आदान प्रदान गरेका थिए।

युरोप, एसिया , अफ्रिका र अमेरिका लगायतका स्थानहरुवाट सहभागी भएको उक्त क्यामले विश्व शान्तिको लागि म्युजिकको माध्यम सबैभन्दा उपयुक्त माध्यम भएको जनाएको छ। संगीतको माध्यामवाट जनचेतना जगाउन सहज हुने र यो जुन सुकै वर्गको मानिसको लागि पनि उपयुक्त हुने ठहर गरिएको हो।

सहभागीहरुलाई अहिलेको विश्वको परिवेशमा कसरी सहज तरिकावाट काम गर्ने सकिन्छ। कस्ता कस्ता प्रोजेक्टहरु कसरी तयार गरिन्छ, स्थानीयस्तरका आफ्नो कला, संस्कृति रितिरिवाज र रहनसहनलाई कसरी उजागार गर्दे सक्षम र सवल समाज निर्माण गर्न सकिन्छ जस्ता बिषयमा बिभिन्न बिज्ञहरुवाट तालिम समेत दिईएको थियो।

मास्टरपिसका सिईओ मोहमद हेलामीले अहिलेको विश्वको अवस्थालाई मध्यनजर गर्दे कार्यक्रमहरु तय गरिने बताए। उनले दुई बर्षभित्रै मास्टरपिसमा उल्लेखमात्रामा सहभागी भएकाले आफू अन्त्यतै उत्साहित भएको बताउंदै २ बर्षभित्र ४० वटा देशमा क्लवहरु बनिसकेकाले अझै अगाडि बढ्नको लागि हौसला मिलेको बताए। उनले बुटक्याम सफल भएको र यसवाट आफूले हरेक देशलाई नजिकवाट नियाल्ने मौका पाएकोमा हर्षित भएको प्रतिक्रिया दिए।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरेका सन्तोष विडारीले उक्त कार्यक्रममा नेपाल बारे व्यक्त गरेका विचार जस्ताको तस्तैः

आज म अन्त्यैन्तै खुसी छु किनभने यस कार्यक्रममा सहभागी हुनु भएको धेरै जस्तो साथीहरुलाई समेत नेपाल कहाँ छ यो देश हो र जस्ता जिज्ञासा रहेछन् जसले गर्दा म आज गर्वको साथ भन्न सक्छु कमसेकम मेरा १९ देशका साथीलाई नेपाल भनेको देश हो र म त्यहाँको प्रतिनिधिको रुपमा उभिन पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु।



म विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, शान्तिका प्रतिक गौतम बुद्ध जन्मिएको देश नेपालको सकारात्मक सोच राख्ने युवा अरुहरुले जस्तो हामी सकिसक्यौ , बर्बाद भयौ, हामीसँग केही उपाय छैन भन्दिँन। हो हामीसँग केही राजनीतिक समस्याहरु छन्। केही घटनाक्रमलाई हेर्ने हो भने १९९६ देखि २००६ सम्म चलेको शशस्त्र द्धन्द विस्तृत शान्ति सम्झौता, राजतन्त्रको अन्त्य भई देश गणतन्त्रमा प्रवेश, संबिधानसभाको निर्वाचन र दुई बर्षका नयाँ संबिधान बनाउने म्यान्डेट पाएको संबिधानसभाले चार बर्षमा पनि संबिधान बनाउन नसकेपछि अन्ततगोत्व संबिधानसभाको विघटन र राजनीतिकदलहरुबीच सहमति हुन नसकेपछि पुनः हाल प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार गठन भएको छ तर चुनाबको मिति कहिले घोषणा हुन्छ त्यो अन्यौल नै छ।

तर यस भन्दा माथि उठेर हेर्ने हो हामीसँग सम्भावनानै सम्भावना अनि सुनौलो बिहानी देख्छु म त सधै। प्राकृतिक स्रोत र साधान, जलस्रोत, पर्यटन तथा सांस्कृतिक रुपमा हाम्रो पाईला अगाडि बढाउने बेला छ यो त्यसैले हामी यस बाटोबाट समुन्नत हुनेमा दुई मत छैन।

बिभिन्न देशका प्रतिनिधिहरुले पनि आफ्नो आफ्नो देशको अवस्थाको वारेमा बताएका थिए। मास्टरपिसले एक बर्षे कार्ययोजना सम्पन्न गर्दे बिभिन्न देशमा कोअर्डिनेटरको जिम्मेवारी दिदै कार्यक्रम समापन गरेको छ। नेपालको कोअर्डिनेटरमा सन्तोष विडारीलाई नियुक्ति गरिएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस