सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
बुद्ध पूर्णिमाको अवसर पारी देहरादुनको गढीकैंटस्थित सहिद दुर्गा मल्ल पार्कमा आयोजित ‘दुन गोर्खाली सांस्कृतिक सन्ध्या’ मा नेपालबाट गएका बहुचर्चित गायक राजेशपायल राई लगायतका कलाकारहरुको टोलीले भरपूर मनोरञ्जन दिएका छन्।

स्थानीय शहरी बिकाश मन्त्री प्रितम सिंह पांवरले दीप प्रज्जवालित गरि उद्घाटन गरिएको कार्यक्रममा विशेष आकर्षण रहेका राई इज किङगले दर्शन नमस्ते, राई इज किङग, मोहनी लाग्ला है, सागर सरि, तिम्रो मुस्कानलगायत आफ्ना एक दर्जन भन्दा बढी हिट गीतहरु गाएर दर्शकहरुलाई आफ्नो ओजिलो स्वरको जादुमा लठ्याएका थिए। पहिलो पल्ट देहरादुनमा कन्र्सट गर्न आएका राजेशले आफ्नो राम्रो क्रेज देखेपछि अझै हौसिएका थिए। दर्शकको भिड रहेको कार्यक्रममा राजेशले गाउंदै नाच्दै दर्शकलाई आफूसंगै नचाएका थिए।

उनीसंगै कलाकार शिवम अधिकारी, कमल स्वराजको प्रस्तुतिसंगै स्थानीय कलाकारले गोर्खाली नृत्य, सोरठी नृत्य, शिव बन्दना, खयाली, तामांग नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जनका साथै नेपाल – भारत दुई देशबीचको संस्कृतिक मित्रताको सन्देश दिएका थिए।

ओम श्री दुर्गा फिल्म्स प्रोडक्शन र जानकी देवी एजुकेशन वेल्फयर सोसइटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस