एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ चैत्र । नेपाल फुटबल संघ एन्फाले बुधबार एक कार्यक्रम गरी नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बेलायती ग्राहम रोबर्टसलाई बिदाई गरेको छ।
कार्यक्रममा निकै भावुक देखिएका रोबर्टसले सम्भवतः सन् १०१३ मा हुने साफ च्याम्पियनसिपमा नेपाल आउन सक्ने बताए। उनले नेपाली टिमले उपाधि हासिल नगरेपनि निकै राम्रो खेलेको बताए। एएफसी च्यालेन्ज कपसम्मका लागि नेपालमा रहेका रोबर्टसको बिदाई भने तीक्तताका साथ भएको छ।
एएफसी च्यालेन्ज कपमा लगातार तेस्रो पटक नेपालको लज्जास्पद पराजयसंगै रोबर्टसले सोमवार राजिनामा दिएका थिए। तुर्कमिनिस्तानसँग ३-० ले पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोबर्टसले नेपाली प्रशिक्षकको रूपमा अन्तिम खेल भएको घोषणा गरेका थिए।
तस्वीरहरूः उमेश पुन / एचकेनेपाल डट कम
पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक रोबर्टस।
