सौरभ / एचकेनेपाल डट कम-
ब्रुनाई, नेपाली पप स्टार सविन राई, हटकेक गायिका तथा नेपाली साकिरा इन्दिरा जोशी र आधुनिक गायक भिषण मुकारुङले ब्रुनाई थर्काएका छन्।

नेपाली संगीतलाई विश्वव्यापी बनाउने उद्देश्य अनुरुप थ्री ब्रोदर्स इन्टरटेन्टमेण्टले शनिवार आयोजना गरेको वृहत साँगीतिक साँझमा उनीहरुले आ आफ्ना दमदार प्रस्तुती संगै बु्रनाई थर्काएका हुन्। उनीहरुलाई बु्रनाई बसोवास गर्ने नेपालीसगै बु्रनाईका नागरिकहरुले समेत साथ दिएका थिए।

नेपाली पप स्टार सविन राई, हट गायिका इन्दिरा जोशी र आधुनिक गायक भिषण मुकारुङ सहभागी कार्यक्रममा तीनै जनाले आ आफ्नो प्रस्तुतीबाट दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए।

पप स्टार राईले सम्झनाहरुलाई अगांल्दै, मलाई अंगाली देउ, गुराँसको फेद मुनी, कालो कालो रात, जाउं कि वसौं लगायतका आफ्ना चर्चित गीतहरु गाउदै दर्शकहरुलाई आफ्नै तालमा नचाएका थिए भने हट गायिका तथा नेपाली साकिरा जोशीले रातो घाँगरा, उध्रेको चोलीलगायतका गीतहरु प्रस्तुत गर्दै दर्शकलाई तताएकी थिइन्। आधुनिक गायक भिषण मुकारुङले अँधेरीमा जून, मै नेपाल गीतहरुका साथ उल्लेख्य प्रस्तुती दिंदै दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए। सो अवसरमा ब्रुनाई बस्दै आएका कमला लाबुङ, सिल्भिया लिम्बु, रेखा गुरुङ, पिङ्गला थापा मगर र हाङमा लिम्बुले नृत्य प्रस्तुत गरेका थिए।

बुद्ध जयन्ती, साकेला उभौली र येक्वा तङ्नामको आदान प्रदान गर्दै आयोजना गरिएको कार्यक्रममा बु्रनाईमा बसोबास गर्दै आएका समाजसेवी नग्स राई, जितेन्द्र चेम्जोङ र किसन राईको संयुक्त कम्पनी थ्री ब्रोदर्स इन्टरटेन्टमेण्टको आयोजनामा भएको कार्यक्रमा सात सय भन्दा बढि दर्शकको उपस्थिती रहेको आयोजकले जनाएको छ। बु्रनाइको मुमाङ्गं स्पोटस कम्प्लेक्स, कौलाबेलाइतमा भएको कार्यक्रम भव्य रुपमा समापन भएको थियो। कार्यक्रमको भव्य र सव्य रुपमा सफल भए पछि उत्साही भएका आयोजक थ्री बा्रेदर्सले भविष्यमा पनि नेपाली कला संस्कृतिको संरक्षण र प्रबद्र्धनको लागि यस्ता कार्यक्रमहरुको आयोजना गरिहने भएको छ। आफूहरु सदैव नेपाली कला संस्कृतिको संरक्षण र प्रबद्र्धनको लागि यस्ता कार्यक्रम गरिरहने आयोजक थ्री बा्रेदर्सका सदस्य नग्स राईले वताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस