…यसरी लुटिइन् मोडल
लुट्ने ठग खड्का कास्की प्रहरीको हिरासतमा

अर्जुन गिरी / एचकेनेपाल डट कम-
पोखरा, १३ जेठ

…हेलो, मोडल जानु बोल्नु भएको हो ?
हो जानुनै बालेकी हुँ । तपाई को बोल्नु भएको हो ?
म, काठमाडौबाट आएको डाईरेक्टर ,
सुटिङको सिलसिलामा पोखरा आएको थिएँ ।
ए भन्नुस मसँग केही काम थियो कि ?
एउटा म्युजिक भिडियो बनाउदैछु,
एक जना मोडल चाहिएको थियो,तपाई खेल्नुहुन्छ ?
हुन्छ, कस्तो गीतमा, सुटिङ स्पट कहाँ हो ?
यसरी कुराकानी भयो पोखराकी एक (नाम परिवर्तन गरीएकी) मोडल जानु र ठग पुष्कर खड्काबीच। घटना हो, २०६९ साल चैत्र ५ गते । जानु र ठग खड्काबीच मोवाईल मार्फत यसरी पहिलो दिन चैत्र ४ गते कुराकानी भएको थियो।

मोडलिङको लागि प्रस्ताव गरेर खड्काले टेलीफोन मार्फत निकै बेर कुराकानी गरी, भेट्न बोलाए । जानुले आफू व्यस्त भएको हुनाले त्यस दिन भेट्न नभ्याउने बताइन् । तर खड्काले ५–६ पटक फोन गरे । जानुलाई भोली पल्टनै सुटिङ भएको हुनाले डे«सको लागि कुरा गर्न आउनै प¥यो भनी आग्रह गरे।

जानुले पनि ठिकै छ भनी खड्कासँग भेट्ने निर्णय गरिन् । खड्काले उनलाई दिनको ४ बजे पृथ्वीचोकमा बोलाए । खड्काले पृथ्वीचोक आएपछि फोन गर्नु भने।

जानु ४ः३० बजे खड्कालाई फोन गरेर आफु पृथ्वीचोक आएको कुरा बताईन् । तर खड्का जानु आउनु अघिनै त्यहाँ पुगिसकेका थिए । खड्काले जानुलाई यती नंम्बरको स्कुटरमा आउनु भएको हो भनेर भने । जानुले हो भने पछि,खड्काकाले जानुलाई निलकमल होटल आगडि बोलाए। खड्काले कतै होटलमा बसेर कुराकानी गर्ने भनेर प्रस्ताव गरे । तर आफ्नो कामको व्यस्तताले गर्दा जानुले आफु नभ्याउने बरु सुटिङ स्पटमा भोलिनै कुराकानी गर्ने भनिन् । सुटिङ स्पट कहाँ हो ? भनी प्रश्न गरिन । खड्काले सुटिङ स्पट छोरेपाटन वरपर र स्याङजामा हुने बताए । साथै खड्काले पार्टी सिन हुने भएकाले आफूसँग भएको गरगहना पनि ल्याउन आग्रह गरे । भोलिपल्ट विहान ६ बजे सुटिङको लागि निक्लने पक्का भयो । जानु खुशीहँुदै आफ्नो घरतिर लागिन् । रातिको ७ बजेतिर जानुलाई खड्काले तयार कस्तो हुँदैछ भनेर फोन गरे । जानुले तयारी ठिकै छ भन्दै सुटिङमा वेलैमा आईपुग्ने कुरा व्यक्त गरिन्।

भोलिपल्ट अर्थात चैत्र ५ जानु सुतिरहेकी थिईन् । विहानको ५ बजेतिर उनको मोवाईनमा घण्टी बज्यो । फोन अरु कसैको नभई खड्काकोनै थियो । खड्काले तयार हुनु भयो भनि प्रश्न गरे । जानुले आफू बल्ल उठेको भन्दै छिटै तयार भएर आउने बताईन्।

जानु तयार हुदै थिईन्, ६ बजेतिर पुन खड्काको फोन आयो तर जानुले उठाईनन् । त्यसपछि ६ बजेर १५ मिनेट जाँदा फेरि फोन आयो, उनले उठाईन । खड्काले ढिलो भयो भन्दै छिटो आउन भने।

जानु ७ बजेतिर अघिल्लो दिनमा भेट भएको ठाउँमा पुगिन । खड्का पनि त्यही थिए । जानुले भनिन् वेर भयो होला, सुटिङ स्पट सोभैm जाने होला नी ? तर खड्काले डे«स हेर्ने र नपुगे किन्नु पर्ने भन्दै जानुलाई स्कुटी पार्किङ गरेर निलकमल होटलमा जाउँ भने।

जानु पनि अप्ठ्यारो मान्दै होटलतर्फ लागिन । खड्काले जानुलाई आफू बसेको कोठामानै गएर डे«स हेर्ने भन्दै कोठामा नै पुर्याए । त्यसपछि जानुलाई ल्याएको डे«स लगाउन भने । जानुले भनिन किन यहाँ लगाउने सुटिङ स्पटमै गएर लगाए हुन्न र ? भन्दै नमाने पछि खड्काले जानुलाई लुगामाथि नै लगाएर विचार गर्न आग्रह गरे।

ऐना हेरेर जानुले एक सप्को साडी के हालेकी थिईन, खड्काले ढोकाको चुक्कुल लगाएर जानुको कन्चेटमा बन्दुक र घाँटीमा खुकुरी राख्न भ्याए । जानु छाँगाबाट खसे जस्तो भईन् । खड्काले दारा किड्दै भने त जस्तो ११ वटा केटी मारिसकेको छु । कति त होटलको बाकसमा कुहिएका छन् । मैले तँबाट पनि तीन वटा कुरा मध्ये, एउटा कुरा लिन्छु । ज्यान, सेक्स र पैसा भन कुन लिम?

त्यती भनेपछि जानु निकै डराईन, होस उडेजस्तो भयो, उनले रुदै आफूसँग भएको धनमाल सबै लैजानु तर मलाई केही नगर्नु भनिन् । खड्काले जानुलाई सबै गरगहना र धनमाल निकाल्न भनि धम्की दिए।

जानुसँग भएको सुनको लकेट सहितको सिक्री, झुम्का सेट, दुई मुन्द्रा सेट, तीन वटा औठी, तिन वटा मोवाईल, एउटा क्यामेरा, नगद ८ हजार र स्कुटीको चापि लुटे । त्यसपछि जानुलाई शौचालयमा थुनेर आदा घण्टासम्म धम्काउदै मानशिक यातना दिए। खड्काले भने पुलिस या आफन्त कसैलाई पनि यस विषयमा भनिस भने एकबर्ष पछि किन नहोस केटाहरु लगाएर भएपनि तँलाई मारिदिन्छु। अनि खड्का जानुकै स्कुटर लिएर फरार भए। डरले गर्दा जानु मानशिक रुपमा निकै कम्जोर भएकी थिईन । त्यही भएर के गर्ने, के नगर्ने भनेर सोच्न सकिनन्।

जानु ४ घण्टासम्म शैचालयमानै थुनिन् । अन्त्यत केहि सीप नलागेपछि जानुले होटलका कर्मचारीसँग गुहार मागिन । होटलका कर्मचारीले जानुको साथीलाई फोन गरिदिए । जानुका साथीहरु आएर जिल्ला प्रहरी कार्यलय फोन गरे । जानकारी पाउने वितिकै तुरुन्तै जिप्रकाका प्रमुख एसपी केदार रिजाल घट्ना भएकै ठाउँमा पुगे।

घट्ना बारे जानकारी दिदै जानुले भनिन् यस्तो अरु कसैलाई नपरोस । त्यस दिन मैले साथमा कसैलाई लिएर गएको भए सायद त्यस्तो हुने थिएन होला । दशा लागेको रहेछ, ठगले मलाई आधा घण्टा शौचालयमा थुनेर दिएको मानसिक यातना अझै मेरो मष्तिस्कमा आलै छ , भुुल्न सकेकी छैन । वितेको घट्नाबाट मैले ठूलो पाठ सिकेकी छु। सबैलाई आग्रह गर्छु, राम्रोसँग नबुझी कुनै पनि ठाउँमा कुनैपनि कामको लागि अज्ञात मानिसलाई भेट्न नजानुहोला, गएपनि आफ्नो साथमा कुनै साथी लिएर जानु होला।

यसरी लुटपाट गर्ने ठग पुष्कर खड्का अहिले जिल्ला प्रहरी कार्यालयमा छन्। का्रे गणेशस्थान गाविस वडा न ३ घर भई हाल मकवानपुर बस्ने ३२ बर्षिय खड्काले यसरी नै पोखराको दुई ठाउँमा र चितवनमा लुटपाट गरेको प्रहरीले जनाएको छ। प्रहरीले खड्कालाई काठमाडौ कालिमाटीमा गत चैत्र २३ गते पक्राउ गरेका थिए । पक्राउ गरेर काठमाडौ प्रहरीले खड्कालाई चैत्र २६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएका थिए।

पोखरामा जानुलाई लुटेको १२ दिनपछि लामाचौरकी एक मोडललाई पनि आफ्नो शिकार बनाएका थिए। घट्ना चैत्र १७ गतेको हो । होटल सन्तोषमा ति मोडललाई बोलाई उनको साथबाट ३ तोला ५० लालको सुन, एक वटा आईफोन र नगद १२ हजार लुटेका थिए। त्यसैगरी खड्काले यस अघि चितवन भरतपुरमा यसरीनै एक मोडल लुटेको र अन्य ठाउँमा पनि लुटेको हुनसक्ने कास्की प्रहरीले जनाएको छ। थप अनुसन्धान भईरहेको पनि कास्की प्रहरीले जानकारी दिएको छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस