सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल गायक भूमिराज राईको चर्चा अहिले निक्कै चुलिएको छ। विगतमा सृष्टी, दसी, भेट भो माया नामक एल्वम वजारमा ल्याइसकेका भुमिको मोसन नामक एल्वम ६ महिना अघि बजारमा आएको छ।

पहिलो एल्वब सृष्ट्रीको भन्झ्याङको चौतारीमा गीतवाटै सुरुवातमा लोकप्रिय बनेका भुमि दसी नामक एल्वमको रिमिक्स गीत ‘गाजलुले आखै छोप्ने’ गीतवाट राम्रो गायकको रुपमा आफ्नो परिचय नेपाली संगीत क्षेत्रमा बनाएका थिए। त्यसपछि गत वर्ष मात्र उनले भेट भयो माया एल्वमबाट इमेज अवार्डको उत्कृष्ट लोक गीत संगीत र पब्लिक च्वाइस अवार्ड थापेका थिए।

आफ्नो पहिलो एल्वमबाटै श्रोताहरुको नजरमा पर्न सफल भुमि अहिले आफ्नो नयाँ चौथौ एल्वम मोसनबाट नेपाली सांगितिक क्षेत्रमा छाएका छन्। पप आधुनिक रक शैलीका गीतहरुलाई समावेश गरेर तयार पारिएको उनको एल्वमको यो जुनिमा वोलको गीतले राम्रै लोकप्रियता कमाएको छ।

गायिका मिलन अमात्यसंग गाएको यो गीत भरखरै मात्रै दोस्रो म्युजिक खबर अवार्ड २०१३ मा सर्वोत्कृष्ट युगल गीतमा नोमिनेसनमा परेको थियो। चाँडै उक्त गीतको म्युजिक भिडियो समेत बनाउन लागेका भुमिको मोसनका अन्य गीतहरुले पनि राम्रेै चर्चा कमाएका छन्। एक दशकको लामो सांगीतिक यात्रामा आफ्नो स्वरमा पनि धेरै नै निखार आएको महसुस गरेको वताउने भाग्यमानी गायक भुमिराज राई आफू संगीत क्षेत्रमा अझै पनि संघर्ष गरिरहेको वताउछन्। भविष्यमा सकेसम्म राम्रा गीतहरु श्रोता माझ ल्याइहने उनको भनाई छ।

फाइल तस्वीर

नेपाली गीत – संगीतको विश्वव्यापीकरणको लागि हरतरहले लागी पर्ने लक्ष्य राखेका भुमिले अजम्बरी क्रिएसन नामक अडियो र भिडियो प्रोडक्सन कम्पनी समेत खोलेका छन्। उनले नेपाली संगीतको प्रर्वद्धन तथा नेपाली गायक गायिकाहरुको विदेशमा कार्यक्रम गर्न एक्स –जी इन्टरटेण्मेण्ट नामक कम्पनीसमेत सञ्चालनमा ल्याएका छन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस