भाईराम चौलागाई / एचकेनेपाल डट कम-
कुवैत सिटी, २६ मे। एनआरएनए- एनसीसी कुवेतको शुक्रवार भएको तेश्रो अधिबेशन पूर्णरुपमा असफल भएको छ। निर्वाचन आयोगको कमजोरी र उमेदवार अडान नै तेश्रो अधिबेशन असफलको प्रमुख कारण रह्यो।

बिगतमा सबै पक्षबाट भएका सहमतिका प्रयास असफल भएपछि अन्तिम समयमा आएर कुवैतको नियम, कानुनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले सम्पूर्ण एनसीसी कुवेतका सदस्य (१३४८) जनालाई भेला गराएर अधिबेशन गर्न ‘निवाचन गर्न’ मुनासिफ नहुने ठहर गर्दै कुवेतमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा भए अन्तिम घडी सम्म सहमति न भए बहुमतीय प्रणालीमा संघ संस्थाका प्रतिनिधिले मात्रै मतदान गर्ने निर्णय सर्बसम्मतले पारित गर्दै अधिबेशनको कार्यतालिका तय गरेको थियो।

तस्वीर: भाईराम चौलागाई / एचकेनेपाल डट कम

एनसीसी कुवेतका निबर्तमान अध्यक्ष राजेन्द्र तामांगको अनुपस्थितिमा एनसीसी उपाध्यक्ष नबराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एनआरएनका क्षेत्रिय संयोजक नरेन्द्र भाट, बिशेष अतिथि नेपाली दूताबास कुवैतका दितीय सचिब अम्बिका जोशी, श्रम सहचारी सृजना तिवारी रहेका थिए। एनसीसी कुवेतको तेश्रो कार्यकालका लागि कुल २९ जनाले उम्मेदवारी दिएका थिए।

उपाअध्यक्ष, महासचिब र सचिबमा सहमति भए पनि अध्यक्ष, आइसीसी कोडिनेटर र कोषध्यक्षमा सहमति हुन सकेन। अध्यक्ष पदका प्रत्याशी राजकुमार थापाले अन्तिम समयमा आएर सहमतिको बाटो खुल्ला गर्दै उम्मेदवारी फिर्त्ता लिएका थिए। त्यस पछि अध्यक्ष पदका प्रत्याशीद्वय धर्म राज गिरी र अर्जुन तामांग बीच सहमतिका अथक प्रयास भएपनि सहमति हुन सकेन।

अन्ततः निर्वाचन समितिले बहुमतीय प्रणालीमा जाने निर्णय गर्दै उपस्थित ३२ नेपाली संघ संस्थाका प्रतिनिधिबाट मतदान गर्ने घोषणा गर्यो। धम्कि पूर्ण भाषा प्रयोग गर्दै अध्यक्ष पदका प्रत्याशी अर्जुन तामांगले त्यसको बिरोध गरेपछि निर्वाचन समिति लाहाचारी र निरही हुदै अरु विकल्प तेश्रो ब्यक्तिको खोजी र अध्यक्ष पदपछि चयन गरिने विकल्प प्रस्तुत गरेपनि त्यसमा पनि सर्बसहमति हुन सकेन।

अन्तिम समयमा निर्वाचन समितिले अध्यक्ष पदका प्रत्याशीद्वय धर्म राज गिरीलाई निर्वाचन आचार संहिता तथा नियमावली बुदा ७ र अर्जुन तामांगलाई निर्वाचन आचार संहिता तथा नियमावली बुदा २ र ७ उलंघन गरेको ठहर गर्दै अध्यक्ष पदमा दिएको उम्मेदवारी रद्द गरेको थियो। धर्म राज गिरीले आफूले निर्वाचन आचारसंहिता बुदा उलंघन नगरेको दाबी गरेपछि ५ सदस्यीय छानबिन टोली गठन गरिएको थियो। उक्त टोलीले धर्म राज गिरीले निर्वाचन आचारसंहिता उलंघन नगरेको ठहर गरि निवाचन समितिलाई प्रतिबेदन बुझाएको थियो।

आइसीसी कोडिनेटरर र कोषध्यक्ष पदमा पनि सहमति न भएपछि बहुमतीय प्रणालीमा जना निर्वाचन समिति र उक्त पदका उम्मेदवार तयार भए पनि संघ संस्थाका प्रतिनिधिहरुले पद अनुसार अलग प्रकिया भयो भनि ठाडो बिरोध गरेका थिए। उनीहरुले सबै पदमा समान प्रकिया हुनु पर्ने भन्दै बिरोध गरेका थिए। एनआरएनका क्षेत्रिय संयोजक नरेन्द्र भाट पनि कुनै ठोस निर्णय दिन सकेनन् त्यसपछि अध्यक्ष पदका उम्मेदवारलगायत केही उम्मेदवारहरुले एनसीसी कुवेतको बिघटनको माग गर्दै यथासिघ्र सदस्यता शुल्क र उम्मेदवारी शुल्क फिर्ता गर्न निर्वाचन समितिलाई निबेदन दिदै उपस्थित धेरै जसो बाहिरिएका थिए।

बिरोधै बिरोधबिचमा औपचारिक घोषणा बिना नै एनसीसी कुवेतको तेश्रो महाधिवेशन समाप्त भएको थियो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस