प्रेमनारायण न्यौपाने / एचकेनेपाल डट कम-
पोखरा, ११ जेठ। नेपाल तेक्वान्दो सङ्घको कार्यक्रम तथा कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा सञ्चालित ११ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको च्याम्पियन त्रिभुवन आर्मी क्लब बन्न सफल भएको छ।

आर्मीले छ स्वर्ण, एक रजत तथा नौ काँस्यसहित १६ वटा पदक प्राप्त गर्दै च्याम्पियन बन्न सफल भएको छ। यस्तै पाँच स्वर्ण, तीन रजत र एक काँस्य पदक प्राप्त गर्दै नेपाल प्रहरी क्लब द्वितीय भएको छ भने तीन स्वर्ण, तीन रजत र चार काँस्य पदकसहित एपीएफ क्लब तृतीय भएको छ।

पुरुष ८० केजीमुनि नेपाल प्रहरीका अनोज पुजारी प्रथम, सुदूरपश्चिमाञ्चलका ओमजंग सिंह तथा नेपाली सेनाका दानबहादर ऐरी र एपीएफका भीमबहबहादुर खड्का तृीय भएका छन्। महिला ६२ केजीमुनि नेपाल प्रहरीका मनिता शाही, मध्यमाञ्चलका प्रतिमा राई तथा मध्यपश्चमकी मीना पुनमगर र पूर्वाञ्चलका सुशीला राई तृतीय भएका छन्।महिला ५३ केजीमुनि नेपाल प्रहरीकी सीता तामाङ प्रथम, पश्चिमाञ्चलकी ताराजिसी द्वितीय तथा एपीएफकी अप्सरा कार्की र मध्यमाञ्चलकी सुष्मा श्रेष्ठ तृतीय भएका छन्।

महिला ५७ केजीमुनि नेपाली सेनाका ज्ञानी चुनारा प्रथम, पूर्वाञ्चलकी यशोदा खड्का द्वितीय तथा सुदूरपश्चिमकी प्रभा शाही र मध्यमाञ्चलकी रीता मुसस्याख्वा तृती यभएका छन्। पुरुष ७४ केजीमुनि नेपाली सेनाका रामदत्त भट्ट प्रथम, एपीएफका भरत बोहोरा द्वितीय तथा नेपाल प्रहरीका जेम्स प्रधान र एपीएफका सन्तोष परियार तृती यभएका छन्। महिला ४६ केजीमुनि पश्चिमाञ्चलकी राखी शर्मा प्रथम, नेपाल प्रहरीकी रेजिना कार्की द्वितीय तथा मध्यमाञ्चलकी सुष्मिता थापा र पश्चिमाञ्चलकी सरिता श्रेष्ठ तृती यभएका छन्।

पुरुष ५४ केजीमुनि मध्यमाञ्चलका अरुण अधिकारी प्रथम, पूर्वाञ्चलका नेत्र कार्की द्वितीय तथा पश्चिमाञ्चलका राजेश मल्लाह सहनी र नेपाल प्रहरीका सुरेन्द्र खड्गी तृतीइ भएका छन्।पुरुष ६८ केजीमुनि एपीएफका आशिष महर्जन प्रथम, नेपाली सेनाका निश्चल श्रेष्ठ द्वितीय तथा नेपाली सेनका उद्धव थापा र मध्यपश्चिमका बरुण शाह तृती यभएका छन्। पुरुष ६३ केजीमुनि एपीउफका सुजन जोशी प्रथम, एपीएफकै अनिल मोक्तान द्वितीय तथा मध्यपश्चिमका राकी श्रेष्ठ र मध्यमाञ्चलका सुमन मारिखु तृती यभएका छन्। महिला ४९ केजीमुनि नेपाली आर्मीकी यानकुमारी चौलागाईं प्रथम, पश्चिमाञ्चलकी प्रशंसा क्षत्री द्वितीय तथा पूर्वाञ्चलका विद्या राई र पूर्वाञ्चलकी बिनिता तामाङ तृतीय भएका छन्। पुरुष ५८केजीमुनि नेपाल प्रहरीका रञ्जन श्रेष्ठ पव्रथम, पश्चिमाञ्चलका जोर्डनविक्रम श्रेष्ठ द्वितीय तथा नेपाल आर्मीका प्रदीप लामा र एपीएफका पुरुषोत्तम मानन्धर तृती यभएका छन्। महिला ७३ केजीमुनि नेपाली सेनका प्रतिमा भण्डारी प्रथम, नेपाली सेनाकै शर्मिला पुनमगर द्वितीय तथा पश्चिमाञ्चलका धनमाया रासकोटी र नेपाली सेनाका पुनम थापा तृतयि भएका छन्।

पुरुष ८७ केजीमाथि नेपाली सेनाका प्रेम बुढाथोकी प्रथम, नेपाली सेनाकै पूर्णबहादुर सिंहम गुरुङ द्वितीय तथा सुदूरपश्चिमका आशिष चन्द र मध्यमाञ्चलका विजेन खत्री तृती यभएका छन्। महिला ७३ केजीमाथि नेपाल प्रहरीका राधिका श्रेष्ठ प्रथम, मध्यमाञ्चलकी लक्ष्मी श्रेष्ठ द्वितीय र नेपाली सेनाका निशा राउत तृती यभएका छन्। पुरुष ८७ केजीमाुनि नेपाली सेनाका रामहरि महत प्रथम, एपीएफका लक्ष्मण महर्जन द्वतीय तथा नेपाली सेनाका राजु श्रेष्ठ तृतीयभ एका छन्। महिाल ६७ केजीमुनि एपएिफका सम्झना तामाङ प्रथम, पश्च्मिाञ्चलकी रेकमाया गुरुङ द्वितीय तथा मध्यपश्चिमकाी संिगीता थारु र नेपाली सेनका मीरा काफ्ले तृतीय भएका छन्।

प्रतियोगितामा मध्यमाञ्चलका अरुण अधिकारी पुरुषतर्फ बेस्ट फाइटर तथा नेपाली सेनाका ज्ञानी चुनारा महिलातर्फ बेस्ट फाइटर घोषिभ ए। उनीहरुले जनही २५ हजार पुरस्कार प्राप्त गरे। यस्तै सुदूरपश्चिमाञ्चल क्षेत्रीय टीम अनुशासित टीम घोषित भयो।

विजेता तथा उपविजेता खेलाडीहरुलचाई पुनरावदेन अदालतका न्यायाधीश डिल्लीराज आचार्य, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव एवं मुख्य प्रशिक्षणक दीपराज गुरुङ, कास्की ज्लिला तेक्वान्दो संघका अधयक्ष जगनब हहादुर गुरुङलगायतले पुरुस्कार वितरण गरेका थिए।प्रतियोगिता पाच विकास क्षेत्र तथा तीन विभागीय टीमसहित आठ टीमका करिब एक सय ५० खेलाडीको सहभागिता रहेको थियो। कुल १६ स्वर्ण, १६ रजतथा ३१ पदकका लागि भएको प्रतिस्पर्धा विभिन्न १६ वटा इभेन्टमा गराइएको सङ्घका सचिव प्रेमनारायण न्यौपानेले जानकारी दिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस