एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ११ जेठ। पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटी ईन्स्टिच्युटको आयोजनामा यही जेठ ३१ गते पोखरामा हुने पाँचौ हङकङ व्युटि ट्यालेन्ट कन्टेष्ट २०७० मा २० जना प्रतियोगि सहभागी हुने भएका छन्।


तस्वीरहरुः उमेश पुन / एचकेनेपाल डट कम

प्रतियोगीहरु १५ देखि ३० बर्ष उमेर समूहका रहेको ईन्ष्टिच्युटका संचालक मीना गुरुङले बताइन्। अन्जना गुरुङ, बिना गुरुङ, सिला लामा, शुजु पुन, सजीना क्षेत्री, मुना गुरुङ, ज्योति गुरुङ, नानु गुरुङ, छिरिङ वाडमो, यशोदा श्रेष्ठ, सुजना परियार, विमला गुरुङ, पुष्पा राइ, नेल गुरुङ, मंजिला तामाङ, मोनिका तामाङ, शुशिला तामाङ, ललिता तामाङ, सपना गुरुङ र कविता पुन उक्त प्रतियोगितामा सहभागी हुने जनाइएको छ।

महिलाहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्यले यस बर्षदेखि ईन्स्टिच्युटमा आबद्ध नभएका अन्य व्यक्तिहरुले समेत सहभागिता जनाएकोे ईन्स्टिच्युटका संचालक गुरुङले बताइन्। प्रतियोगीहरुको शुक्रबार पोखरामा फोटोसेसन गरिएको छ।

जेठ २५ गते ट्यालेन्ट कन्टेष्ट कार्यक्रम आयोजना हुने भएको गुरुङले बताइन्। इन्ष्टिच्युट भन्दा बाहिरका ४ जना सहित २० जना प्रतियोगिहरुले उक्त प्रतियोगितामा दावेदारी प्रस्तुतः गरेका हुन्। उक्त प्रतियोगिताको विजेताले २० हजार साथमा अन्य गिफ्टह््याम्पर पाउने छन्। प्रतियोगिताको कोरियोग्राफी रविन्द्र बज्रचार्जले गरेका छन्।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस