एचकेनेपाल डट कम संवाददाता –

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो …।’ कालजयी यस्ता अनन्त सन्देशका वाहक गौतम बुद्धको २५५८ औँ जयन्ती शान्तिको कामना गर्दै आज मनाइँदैछ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूणिर्माकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले एसियाका प्रकाश बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन्।

वि.सं. २००८ जेठ ८ गते बुद्धजयन्तीका दिन सार्वजनिक बिदाको तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो।

नेपालको लुम्बिनीमा जन्मेका विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस