Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

क्रान्तिकारी कदम चाले जेठ १४ गतेसम्म यही सरकारः एमाले नेता नेपाल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ , २९ फागुन । नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सेना समायोजनमा क्रान्तिकारी कदम चाल्न सके प्रधानमन्त्री डा बाबुराम भट्टराराई नेतृत्वको सरकार जेठ १४ सम्म कायम रहने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा नेता नेपालले आफूसँग भएको कुराकानीको आधारमा प्रधानमन्त्री अगाडि बढे जेठ १४ गतेसम्म यहि सरकार कायम रहने स्पष्ट पारे।

साक्षात्कारमाउनले भने-आईतवार तीन दलवीच भएको सहमति सकारात्मक छ । सोही सहमति अनुसार समायोजनको प्रक्रिया अगाडि बढाउन क्रान्तिकारी ढंगले प्रधानमन्त्रीले निर्णय गर्दै अगाडि बढ्ने हिम्मत गर्नु पर्छ। त्यसको गरेमा उहाँकै सरकार जेठ १४ गतेसम्म रहन सक्छ । अब प्रधानमन्त्रीले चाल्ने कदमले उहाँ कायर हो कि होईन भन्ने प्रष्ट हुन्छ।

जेठ १४ सम्म अहिलेकै सरकार कायम रहने सम्भावना औल्याए पनि उनले प्रधानमन्त्री भट्टराई कै नेतृत्वमा राष्ट्रिय सहमतिको सरका भने नबन्ने ठोकुवा गरे । नेता नेपालले संविधान जारी गर्दा र निर्वाचन गराउन भने दुइ वटा नयाँ सरकार बन्ने सम्भावना मुलुकमा विद्यमान रहेको औल्याए।

आफूहरुको केन्द्र शान्ति र संविधान रहेको उल्लेख गर्दै नेता नेपालले अहिलेकै अवस्थामा सरकारको औचित्य सकिएको भए पनि सरकार ढाल्न भने अहिले आफूहरुलाई हतार नभएको समेत स्पष्ट पारे। उनले शान्ति प्रक्रिया अगाडि नबढी अन्य कुनै पनि प्रक्रिया अगाडि बढ्न नसक्ने ठोकुवा शान्ति प्रक्रिया अगाडि बढे प्रक्रिया छोट्याएर भए पनि जेठ १४ गते नयाँ सविधान जारी गर्न कुनै समस्या नरहेको बताए।

संघीयता बाहेक सबै विषयमा तत्कालै सहमति बन्न सक्ने विश्वास ब्यक्त गर्दै नेता नेपालले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा सहमति बन्न सकने बताए। उनले सेना समायोजन विशेष समितिको बैठक नबसी विवाद समाधान उपसमिति र संबैधानिक समितिको बैठक बस्नुको औचित्य नरहने स्पष्ट पार्दै कुनै प्रक्रिया पनि अगाडि नबढ्ने बताए । उनले भने- सात बुँदे सहमति अनुसार शान्ति प्रक्रिया अगाडि बढे संविधान निर्माण गरेर जारी गर्न कुनै गाह्रो छैन। सात बुँदे सहमतिमा सबै कुरा स्पष्ट भएकोले थप नयाँ सम्झौता गर्नु पर्ने आवश्कता छैन।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by