एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ८ जेठ। यौनिक तथा अल्पसंख्यक समुदायहरुको संस्था निलहिरा समाजले समलिङगीहरुलाई हक अधिकारको नाममा विभेद गरेको आरोप लगाउँदै केहीले त्यहाँबाट छुट्टिएर अर्को संस्था समावेशी मञ्च नेपाल स्थापना गरेका छन्।

उनीहरुले विश्व मानवअधिकार घोषणा पत्र १९४८ ले सबैको मानवको बाँच्न पाउने अधिकार सुनिश्चित गरिसक्दा पनि निरहिरा समाजले त्यसको ठीक विपरित लैङ्गिक अल्पसंख्यकहरुको अधिकार कुण्ठित गर्दै भ्रष्टाचारमा लिप्त रही समलिङ्गीहरुलाई अधिकारविहीन बनाएको भन्दै अर्को संस्था स्थापना गरेका दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समावेशी मञ्च नेपाल अध्यक्ष धनबहादुर पुनले भौगोलिक, जातीय, साँस्कृतिक विविधताले भरिएको नेपालमा बसोबास गर्दै आईरहेका यौनिक अल्पसंख्यक समुदायहरुको मानव अधिकार, मौलिक हकको संरक्षण र प्रवर्धन गर्दै जनचेतना र सशक्तिकरण गर्ने उद्देश्यले संस्थाको खोलिएको जानकारी दिए।

पत्रकार सम्मेलनमा निलहिरा समाज शाखा कार्यालय नेपालगञ्जमा कार्यरत मनिस थापाले निलहिरा समाजले विना आधार झुठा आरोप लगाएर आफूहरुलाई निकालेकोले अधिकारको लडाई लडन नयाँ संस्था खोलेको बताउँदै संस्था मार्फत निलहिरा समाजको भ्रष्टाचारको भण्डाफार गर्ने चेतावनी दिए। अर्का समलिङ्गी अस्तु पुनले नर्वेजियन दाताहरुले पाँच वर्षका लागि दिएको प्रोजेक्ट दुई वर्ष बाँकी रहँदै सकियो भन्दै भ्रष्टाचार गरेर आफूहरुलाई निकालेको गुनासो गरे।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस