एचकेनेपाल डट कम संवाददाता-
यूवाहरुका ढुकढुकी अनि प्रेरणाको स्रोत एवम् सफल सगरमाथा आरोही नाम्ग्याल शेर्पा अब हामी सामु रहेनन्।

दैवको खेल पनि कस्तो अचम्मको छ है जसले यो समाज अनि राष्ट्रको लागि केही गर्छु अनि यो देश नेपालमा नै केही गर्ने संकल्प अनि अठोटका बोकेका नाम्ग्याललाई चुडाएर हामीबाट लगे। १० पटक सगरमाथाको सफल आरोहण गरेका नाम्गयालले मे १६ तारिख सगरमाथामै विश्राम लिए।

आफ्नो सम्पूर्ण समय अनि जीवन आहुति दिन तयार ३६ बर्षीय नाम्ग्याल यूवाहरुलाई एउटा अनुकरणिय उदाहरण दिए। जहिले पनि हसिलो मुहार अनि सकारात्मक बिचार दिदै एउटा मार्गदर्शक भएर बाटो देखाउने काममा उनी सधैं अग्रस्थानमा रहन्थे।

नाम्ग्याल बिशेष गरी हिमालको क्षेत्रमा बढी अनुभबी एबम् अव्बल मानिन्थे। उनी राष्ट्रिय यूवा परिषद नेपालको सल्लाहकार, माउन्टेन कन्सल्ट ट्रकिङ्ग एण्ड एक्स्पिडिसनको प्रबन्ध निर्देशक, नेचर युथ क्लबको अध्यक्ष र फ्रेन्डस अफ सेभ द हिमालयका अध्यक्ष समेत थिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस