एचकेनेपाल डट कम संवाददाता
हङकङ, २० मे। हङकङ नेपाल बडीबिल्डिङ एसोसियासनले आफ्नो संस्थाको विधानविपरित काम गर्ने एक सल्लाहकारसहित तीन जनालाई निलम्बित गरेको छ।

निलम्बितमा पर्नेहरुमा संस्थाका सल्लाहकार तथा मिस्टर हङकङ नेपाल २००८ का विजेता लोकेन्द्र परियार, कोषाध्यक्ष आपुन के र सहसचिव अशोककुमार चौधारी रहेका छन्। संस्थाका अध्यक्ष लोक लिम्बूले उनीहरुलाई पछि कहिल्यै सदस्य हुन नसक्ने गरी निलम्बन गरेको बताए।

पत्रकार सम्मेलनपछि एचकेनेपाल डट कमसंग बोल्दै लिम्बूले निलम्बनमा परेका लोकेन्द्र परियारको ‘मिस्टर हङकङ नेपाल २००८’ को शीर्ष उपाधिसमेत विधानसम्मत संस्थाले खोसेको जानकारी दिए। सल्लाहकार लोकेन्द्र परियारले मिस्टर धर्मश्री २०१२ को डिभिडी र टिकटको पैसा नबुझाएर हिनामिना गरेको, कोषाध्यक्ष आपुन केसंग संस्थाले हिसाबकिताव माग्दा बुझाउन नसकेको तथा आर्थिक हिनामिना गरेको आरोपमा उनीहरु संस्थाबाट निलम्बनमा परेको लिम्बूले बताए।

भिडियो हेर्नुहोस्,

भिडियो तथा तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस