एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १९ मे। गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङका अध्यक्षका प्रत्याशी रि. ले.क. मीनबहादुर गुरुङले संघको हालै सम्पन्न कथित निर्वाचन खारेज गरी नयाँ चुनाव गर्न माग गरेका छन्।
गुरुङद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा वाचित प्रेस विज्ञप्तिमा १४ दिनभित्र मागको सम्बोधन नभए कानुनी उपचार खोज्न वाध्य हुने गुरुङले जनाएका छन्।
चुनावी प्रक्रिया सुरु भएपछि भएका विभिन्न अनियमितता, बल मिचाई र विधान विपरित गतिविधिले पराकाष्ठ नाघेपश्चात आफूले चुनाव वहिष्कार गरेको गुरुङले जनाएका छन्।
सदस्य आवेदन बुझाउने अन्तिम दिन मे ७ तारिख जम्मा सदस्य संख्या ५३५ मात्र रहेकोमा अधिवेशन हलमा अध्यक्ष मण्डलसमक्ष पेश गरिएको मतदाता नामावलीमा ६०९ हुनुले एकपक्षीय ढंगले सदस्यता थप भएको प्रमाणित गर्दछ, विज्ञप्तिमा भनेको छ। एक पक्षीय र नौटंकीको रुपमा सम्पन्न निर्वाचनमा विजय घोषित गरिएको उम्मेदवार र अध्यक्ष मण्डलको अपवित्र साँठगाँठ रहेको, साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई कार्यसमितिमा राखिएको आरोप लगाउदै गुरुङले कथित निर्वाचन खारेज गरी नयाँ चुनावको माग गरेका हुन्। तोकिएको समयसिमाभित्र आफ्नो मागको सम्बोधन नभए कानुनी उपचारमा लाग्ने चेतावनीसमेत गुरुङले दिएका छन्।
हेर्नुहोस् भिडियो, तपाईलाई यस विषयमा प्रतिक्रिया दिन मन लागेमा यहाँ क्लिक गर्नुहोस्।
भिडियो तथा तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस