त्रिलोचन कोइराला र निमकान्त पाण्डे / एचकेनेपाल डट कम-
दुबई, ५ जेष्ठ। दुबईको अल्कोज ईन्डस्टियल एरियाभित्र रहेको डलुस्को सप्लायर्स कम्पनीमा कार्यरत नेपाली साथीबीच सामान्य विवादका क्रममा मोरङ बेलबारीका एक युवाको छुरा प्रहर गरी हत्या भएको छ।


मोरङ बेलबारी घर भएका २५ बर्षीय सुरज राईलाई पाल्पाका चुराबहादुर मगरले छुरा प्रहार गरी हत्या गरेको त्यही कम्पनीमा कार्यरत ओमनाथ प्याकुरेल र रतन सारुले जानकारी गराए। प्याकुरेलले दिएको जानकारी अनुसार शुक्रबार छुट्टीको दिन दिउसोसंगै तास खेलेका राई र मगर साँझ लेबर केम नजिकै रहेको चौरमा बसी मदिरा सेवन गरिरहेको अबस्थामा तासको लेनदेनको विषयमा विवाद हुन गई छुरा हानि हत्या गरेका हुन्।

घटनापछि मगरलाई कम्पनीले दुबाई पुलिसलाई बुझाएको थाहा हुन् आएको छ। दुबईमा कार्यरत बिदेशी कामदारहरु अल्कोज, सोनापुर, जवलअली लगायत लेबर क्यामहरुमा रहने गर्दछन् र यस क्षेत्रमा अबैध रुपमा सस्तो कमसल मदिरा बिक्रि वितरण हुने गर्दछ। युएईमा छुट्टीको दिन प्रत्येक बिहीबार बेलुकीदेखि शुक्रबार नेपालीहरुले अत्यधिक मात्रमा मदिरा पिईने गरेको पाईन्छ।

बैदेशिक रोजगारीमा आउने कतिपय नेपालीहरु युएईको कानुनभन्दा बाहिर गएको देखिन्छ। नेपालीहरु जमघट, भेला हुने पार्कहरुमा दिन दहाडै पेप्सी र जुसका बोतलहरुमा रक्सी भेटिने गरेका छन् भने लेबरकेमहरुमा एक बर्षसम्म कमाई गरेको रकम एकै दिन तासमा फाल्ने गरेकोले फेरि फेरि पनि यस्ता घटना दोहोरिन्न भन्न नसकिने अबस्था रहेको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस