एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ४ जेष्ठ। चलचित्र नायिका रेखा थापा शनिवार एमाओवादी अध्यक्ष पुष्मकमल दाहाल (प्रचण्ड) को हातबाट टिका थापेर औपचारिक रुपमा एमाओवादी पार्टीमा प्रवेश गरेकी छिन्।

बेलाबखत विभिन्न कारणले चर्चामा आइरहने नायिका रेखा थापाले भनिन्- ‘आफूले नेपाली चलचित्र क्षेत्रमा योगदानभन्दा पनि क्रान्ति र परिवर्तन गरें भन्ने लाग्छ।’ उनले टिका ग्रहणपछि बोल्दै ऐतिहासिक पार्टीमा प्रवेश गर्न पाउंदा अत्यन्तै गौरवाम्बित महसुस भएको बताइन्।

एमाओवादी पार्टी कार्यालय पेरिस डाँडामा शनिवार बिहान आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा अवसरवादी नेतृकी रुपमा चिनिने एमाले पोलिटब्युरो सदस्य तथा पूर्व स्थानीयमन्त्री उर्मिला अर्यालले समेत एमाले परित्याग गरी एमाओवादीमा प्रवेश गरेकी छन्।

अवसरको खोजीमा जस्तै सुकै विवादस्पद चर्चा र सम्झौतामा आउने यी दुई अभिनेत्री रेखा थापा र नेतृ उर्मिला अर्यालको करियर र प्रतिष्ठा एमाओवादीमा प्रवेशपछि फलिफाप हुने हो कि धराशायी हुने हो हेर्न बाँकी छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस