एचकेनेपाल डट कम संवाददाता
पोखरा, ३ जेठ। मध्यपुर युथ एसोसियसनका स्टाईकर राजकुमार घिसिङको ह्याट्रिकको मद्धतले आयोजक भ्याली स्पोटर्स क्लव (पहेलो) पोखरामा जारी स्वर्गीय अमन गुरुङ सेभेन ए साईड फुटवल प्रतियोगिता अन्र्तगत शुक्रबार भएको खेलमा जित हासिल गरेको छ। पोखरा रंगशालामा भएको खेल मैदानमा आयोजकले नेपाल मुस्लीम क्लबलाई ३–० ले पराजित गरी दोश्रो चरणमा स्थान बनाएको हो। शुक्रबार १० वटा खेलहरु सम्पन्न भएका छन्।


तस्वीरः उमेश पुन / एचकेनेपाल डट कम

शुक्रबारको पहिलो खेलमा योर्स टे«निङ रंगशालाले डल्फीन व्वाइज क्लब रामबजारलाई २–० ले पराजित गरेको हो। योर्सको जितमा लक्की गुरुङ र सुनम पुनले एक एक गोल गरे। पुनले पेनाल्टी मार्फत गोल गरेका हुन्। विनोद विष्ट, सुमन खड्का र रमेश परियारको एक एक गोलको मद्धतले अम्मरसिंह व्वाईज क्लब बीले बैदाम युवा क्लब माथि ३–० को शान्दार जित हासिल गरेको हो। अमन दुराको ह्याट्रिक र याम कार्कीको एक गोलको मद्धतले तेश्रो खेलमा अम्मरसिंह व्वाईज क्लब एले कमल पोखरी बी १३ लाई ४–० ले पन्छायो। सुवास तामाङ र अरुण केसीको एक एक गोलको मद्धतले संगम क्लव बीले नयाँ गाँउ युथ क्लवलाई २–१ को गोल अन्तरले पराजित गरेको हो।

हिमशिखर लामाचौरले संगम क्लब एलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गर्यो। निधिरित समयमा हिमहिखरका सुनम गुरुङ र संगमका विमल रानाले एक एक गोल गर्दा खेल टाईब्रेकरमा धकेलिएको हो। तेन्जीङ र युगेलको एक एक गोलको मद्धतले डेभिड फल्स युथ क्लवले के.एफ.सी.लाई २–० ले यात्रा समाप्त पार्यो। गार्डेन एफ.सी.ले रि–युनाईटेडलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्यो। गार्डेनको जितमा कुमार गुरुङले दुई र सुरज शाहि, सुविन गुरुङ तथा आर्दश शाहिले एक एक गोल गरे।

एल.जी.एसोसियसनले पोखरा ट्रेनिङलाई टाइब्रेकरमा ३–१ को गोल अन्तरले यात्रा टुङगायो। एल. जी.का प्रविन वानियाले र पोखरा ट्रेनिङका मनोज पाण्डेले निर्धारित समयमा एक एक गोल गर्दा खेल टाईब्रेकरमा धकेलिएको हो । शुक्रबारको अन्तिम खेलमा युनाईटेड क्लवले एन.वाइ.सी. रत्नचोकलाई २–० ले पराजित गर्यो। युनाईटेडको जितमा दिलिप श्रेष्ठ र रिदेश गुरुङले एक एक गोल गरे। शनिबार ९ खेल हुने भएको आयोजकले जनाएको छ।

सहारा युकेका सल्लाहकार लालकाजी गुरुङले क्लवलाई १५ हजार सहयोग गर्नु भएको क्लबका सचिव सम्मर बहादुर श्रेष्ठले बताए। क्लबले वेलायतको ईन्टेक ०६ व्रिगेड अफ गोर्खाजका अध्यक्ष दुर्गा पुनलाई खादा लगाएर सम्मान गरेको छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस