एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २ जेठ। पोखराबाट मुस्ताङको जोमसोमको लागि उडेको नेपाल एयरलाइन्सको विमान विहीवार बिहान दुर्घटना भएको छ। नाइन एन एबिओ कल साइन भएको बिमान जोमसोम बिमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।

विमान अवतरणको क्रममा धावनमार्गमा विमान नरोकिएर सोझै कालीगण्डकी बगरमा खसेर बिमान दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

विमानलाई क्याप्टेन दीपेन्द्र प्रधान र को-पाइलट सुरेश केसीले उडाएका थिए। एयरहोस्टेज सन्तमाया तामाङ थिइन्। पोखराबाट बिहान ८ बजेर १० मिनेटमा उडेको विमानमा चालक दलका ३ जना, एक बच्चा सहित ११ नेपाली र ८ जना जापनीज नागरिक थिए। दुर्घट्ना ८ बजेर ३३ मिनेटमा भएको जनाइएको छ।

विमान दुर्घटनबाट ५ जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारको लागि पोखरा ल्याइएको छ। घाइतेहरुमा पाइलट र को-पाइलटलाई बढी चोट लागेको जनाइएको छ।

तस्वीर सौजन्यः नवीनराज रुवाली, सन्तोष पोखरेल, नागरिकन्युज \

Watch TVNews:



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस