एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १ जेठ। पोखरा रामबजारमा रहेको भ्याली स्पोटर्स क्लवको आयोजनमा बुधबारदेखि पोखरामा संचालन भएको स्वर्गीय अमन गुरुङ सेभेन ए साईड फुटवल प्रतियोगितामा मेरो नेपाल युवा क्लब विजयी भएको छ। पोखरा रंगशालामा संचालन भएको उद्घाटन खेलमा मेरो नेपालले वेलायतको ईन्टेक ०६ विग्रेड अफ गोर्खाजलाई टाइब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।


तस्वीरः उमेश पुन / एचकेनेपाल डट कम

मेरो नेपालको तर्फबाट मिलन कार्की तथा गोर्खाजको तर्फबाट विकास गुरुङले निर्धारित समया एक एक गोल गरेपछि खेल निर्णयकको लागि टाईब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा गोर्खाजका सन्तोष श्रेष्ठले प्रहार गरेको सुट गोल हुन सकेन। गोर्खाजका सुनिल गुरुङ र असिम गुरुङले गोल गरेका थिए । मेरो नेपालको जितमा प्रज्वल गुरुङ, कुमार केसी र सागर गुरुङले गोल गरे।

दोश्रो खेलमा वेलायतको ईन्टेक ०७ विग्रेड अफ गोर्खाजले वेलायतकै ईन्टेक ०८ विग्रेड अफ गोर्खाजलाई टाइब्रेकरमा २–१ को गोल अन्त्रले पराजित गरेको हो । ईन्टेक ०७ का भिम गुरुङ र मिनुस थापाले एक एक गोल गर्दा ईन्टेक ०८ का बलराम राना र भिम गुरुङले एक एक गोलसंगै खेल निर्धारित समयमा दुबै तर्फ बराबरीमा पुगेको थियो । सिटि व्वाईजले तेश्रो खेलमा वेलायतको ईन्टेक ०११ विग्रेड अफ गोर्खाजलाई ३–० ले पाखा लगायो। सिटिको जितमा जनक पुन,सुनिल मल्ल र अक्षय शारु मगरले एक एक गोल गरेका हुन । बुधबारको अन्तिम खेलमा पोखरा सेन्टरले एसओएस वालग्रामलाई टाइब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गरेको छ। २०÷२० मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल हुन सकेन । विहिबार पहिलो चरणका ९ खेल हुने भएको छ भने विहान ७ बजेदेखि खेल सुरु हुने भएको क्लबका सचिव सम्मर बहादुर श्रेष्ठले बताए।

जेठ ७ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन भने शिक्षा विद जर्जजोनले रेफ्रि शुशिल केसीलाई वल हस्तान्तरण गरी गरेका हुन्। काय्र्रक्रमका मुख्य अतिथि हिमश्री फुड्का सल्लाहकार मेजर विर्खराज गुरुङले खेलकुदको विकास गर्न यस्ता प्रतियोगिताहरु निरन्तर रुपमा आयोजना हुनुपर्ने बताउदै यसमा सवैले सक्दो सहयोग गर्न आग्रह गरे । रामबजार युके सोसाईटीका सल्लाहकार महेश गुरुङ एवम उपाध्यक्ष रुपक गुरुङले पठाएको ८ थान फुटवल ईन्टेक ०६ विग्रेड अफ गोर्खाजका सन्तोस श्रेष्ठले क्लवका अध्यक्ष क्याप्टेन थमनसिंह थापालाई हस्तान्तरण गरे । यसै विच बृटीस अफ गोर्खाजको टोलीले संकलन गरेको १० हजार ३ सय ९० रुपैया समेत क्लवलाई हस्तान्तरण गरीएको छ । थ्री स्टारका खेलाडी सविन्द्र श्रेष्ठलाई उक्त अवसरमा सम्मान गरीएको क्लवका सदस्य ज्ञान थापाले बताए । उक्त प्रतियोगिता हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा संचालन भएको हो।

प्र्रतियोगितामा ५ विदेशी सहित ४८ टोलीको सहभागिता रहेको छ। उक्त प्रतियोगितामा विजेता टोलीले ७५ हजार र उपविजेताले ४० हजार पुरस्कार पाउने भएको क्लबका अध्यक्ष क्याप्टेन थमनसिंह थापाले बताए।

पोखरा खेलकुदको शहर फुटवल विकास गराउने भ्यालीको रहर भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगिता सम्पन्न गर्न ५ लाख ७६ हजार खर्च लाग्ने बताउदै क्लवका सचिव श्रेष्ठले बताए । करीब ६ लाख ८५ हजार आम्दानी गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

गत बर्ष वैशाख १० गते वेलायतमा पोखरा रामबजार निवासि गोर्खाज अमर गुरुङको निधन भए पछि उनका साथेहरुको सहयोगबाट १० लाखको अक्षयकोष स्थापना भए पछि क्लवले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । बार्षिक रुपमा उक्त रकमबाट आएको व्याजले क्लबले सेभेन ए साईड फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस