एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १४ मे। गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङको चौथौ अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा दुर्गा गुरुङ (एनडि) पुनः अर्को कार्यकालको लागि चयन भएका छन्।

उपाध्यक्षमा ललित आङबुहाङ र टिकादेबी गुरुङ, महासचिवमा शान्ति राई, सचिवमा विनय शाह, कोषाध्यक्षमा किरण अधिकारी रहेका छन्। त्यसैगरी, सदस्यहरुमा भिम राज लिम्बू, जयन्ती गुरुङ, राजेन्द्र कुमार श्रेष्ठ, रमेश मोत्तान, हेमचन्द्र थापा, विजय सुब्बा, ढुंडीराज ज्ञवाली, किसन देवान, कोमल थापा, एक बहादुर राना, किशोर गुरुङ र मोहनबहादुर पुन छन्। अध्यक्ष पदका प्रत्यासी मिनबहादुर गुरुङ पक्षधरले विधानमा उल्लेखित चुनावी प्रक्रियाप्रति असहमति जाहेर गर्दै चुनाव बहिष्कार गरेपछि बिना निर्वाचन कार्यसमितिको छनौट गरिएको थियो।

तस्वीरहरुः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

CLICK HERE TO VIEW MORE PHOTOS



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस