केजिन राई / एचकेनेपाल डट कम-
ब्रसेल्स बेल्जियम, १५ मई। यूरोपमा सांगीतिक भ्रमणमा रहेका बहुचर्चित गायक रामकृष्ण ढकाल बिभिन्न यूरोपेली मुलुकमा बृहद दर्शकहरुको माझमा सफल कार्यक्रम गर्दै, साथमा आफना नयाँ गीतहरुको म्यूजिक भिडियोको समेत छायांकनमा व्यस्त रहेका छन्।

केही समयअघि भुषण दाहालको निर्देशनमा एक म्यूजिक भिडियोको छायांकन लण्डनमा सकेर आएका ढकाल जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्याण्डलगायतका यूरोपेली मुलुकभर हाल माओवादी द्वन्दकालमा बिस्थापित भएर ७ वर्ष देखि बेल्जियममा रहनु भएका नेपाल टेलिभिजन तथा क्लासिक एफएमका कार्यक्रम प्रस्तोता, निर्देशक तथा कलाकार उज्ज्वल केसीको छायांकन, सम्पादन र निर्देशनमा तीन गीतको छायांकनमा व्यस्त रहेका छन्।

हाल बेल्जियम, फ्रान्सको छायांकन साथ साथै साँगीतिक कार्यक्रम समाप्त गरि नेदरल्याण्डको छायांकनको तयारीमा रहेको कुरा यस् सम्बाददातालाई निर्देशक केसीले बताउनु भयो। ‘म जहाँ भए पनि मेरो देश स्वर्ग लाग्छ…’ बोलको राष्टिय भावनाले ओतप्रोत गीत जसमा स्वर रामकृष्ण ढकाल, शब्द कल्पना खरेल, संगीत ओम प्रकाश राई, छायांकन, सम्पादन, निर्देशक उज्वल केसी, अभिनय नरेन्द्र थापा, पार्वती अधिकारी, देबेन यूवराज, दुर्गकाजी शाक्य, बिरमान घर्तिमगर, श्याम श्रेष्ठ, पदम गुरुङ, बलराम पुन, लब थापा, तारा थापा, तेजेन्द्र कडेल, बेनी ढुंगाना, उपेन्द्र थापा, बिनोद शाही आदि थुप्रै बिदेशमा रहनु भएका कलाकारहरुको अभिनय रहनेछ।

त्यस्तै ‘हावाले सुने के भन्ला.. ‘ बोलको गीतमा रामकृष्ण ढकालको साथमा पूर्व बालकलाकारको रुपमा अभिनय गरिसकेका निर्देशक केसीका दुई सुपुत्री नव प्रतिभा लिजा केसी र रिजा केसीले अभिनय गरेका छन्। मुख्य मोडलको रुपमा काम गर्ने लिजा केसी बेल्जियमको फिल्म कलेजकी छात्रा हुन्। त्यस्तै बहुचर्चित गीत ‘जिन्दगीले यसरी धोखा दियो कि…’ बोलको रिमिक्स भर्सन पनि छायांकन क्रममा रहेको छ। यी गीतहरुको छायांकन बेल्जियम, फ्रान्स, जर्मनी ,नेदरल्याण्ड, पोर्चुगल, स्पेन र स्विजरल्याण्डमा गरिने छ।

चर्चित सदाबहार गायक ढकालले छायाँकन साथसाथै यूरोपको स्विजरल्याण्ड, पोर्चुगल स्पेन, नेदर्ल्याण्ड, स्विडेन, डेनमार्क, लक्जेम्बर्ग लगायतका मुलुकमा आफ्नो साँगीगिक प्रस्तुती पस्कने निर्देशक केसीले बताउनु भयो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस